अमेरिकी पावरबल चिट्ठा बुधबार खुल्ने भएको छ भने भाग्यशाली बिजेताले ८३५ मिलियन (८३ करोड डलर)हात पार्ने छन् । यो पावरबल चिट्ठाकै
इतिहासमा चौथो ठूलो खेल हो ।
यो अमेरिकी चिट्ठा खेलको इतिहासमा चौथो ठूलो हो र यस वर्षको दोस्रो ठूलो भएको पावरबलले जारी गरेको छापा विज्ञप्ति जनाएको छ । गत सोमबार राति खोलिएको चिट्ठामा सबै अङ्कहरु नमिले पछि अब बुधबार खोलिने चिट्ठाको मुल्य ८०० मिलियन डलर नाघ्ने भएको छ ।
यद्यपि चार टिकटहरू मध्ये तीन फ्लोरिडामा र एक ओरेगनमा खरिद गरिएका खरिदकर्ताले १० लाख जनही पाएका छन् । उनीहरुले सबै पाँचवटा सेतो भकुण्डो (बल)हरू मिलाएका छन् ।
यसअघि जुलाई १९ मा ठूलो राशिको चिट्ठा क्यालिफोर्नियामा खरिद गरिएको खरिदकर्ताले सबै पाँचवटा सेतो बल(भकुण्डो) र रातो पावरबल(मुख्य भकुण्डो)मिलाई १.०९ बिलियन (अर्ब )डलर जितका थिए ।
चिट्ठा विजेताहरूले तत्काल सबै नगद एकमुष्ट वा २९ वर्षमा ३० वार्षिक भुक्तानीहरूमा पैसा लिन सक्छन्।
प्रतिक्रिया