अमेरिकाको साउथ क्यारोलाइनामा झगडा हुँदा १७ वर्षीय बन्दुकधारीले कथित रूपमा ३ किशोरको हत्या ,१ घाइते

इनेप्लिज २०८० असोज ९ गते १:४५ मा प्रकाशित

अमेरिकाको साउथ क्यारोलाइनामा झगडा हुँदा १७ वर्षीय बन्दुकधारीले कथित रूपमा ३ किशोरको हत्या गरेका छन भने १ घाइते भएका छन् । प्रहरीका अनुसार गोली प्रहारबाट मारिएकाहरू १४ देखि १७ वर्षका थिए ।

साउथ क्यारोलैनानाको कोलम्बियाका समुदायका तीन किशोरको मृत्यु र चौथो घाइते भएको प्रहरीले बताए ।

एक १७ वर्षीय किशोरले कथित रूपमा चार किशोरहरूलाई गोली चलाउदा १४ देखि १७ वर्षका तीन जनाको हत्या गरेको रिचल्याण्ड काउन्टी शेरिफ लियोन लोटले सोमबार एक पत्रकार सम्मेलनमा भने।

आइतबार दिउँसो गोलाबारी अघिल्लो विवादबाट उत्पन्न भएको देखिन्छ ,उनले भने । १७ वर्षीय संदिग्धलाई तीनवटा हत्या र एकजना ज्यान मार्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको शेरिफले बताए।

घाइते किशोरलाई अस्पतालबाट रिहा गरिएको छ । उक्त गोलीकाण्डमा प्रयोग भएको बन्दुक कहाँबाट ल्याएको हो भन्ने नखुलेपनि स्थानीय किशोरले सवारी साधन(कार)बाट बन्दुक चोर्ने गरेको उनले बताए । उनले यस सप्ताहन्तमा एक सय गाडी (कार )तोडफोड भएको बताए ।

समाचार श्रोत : एबिसीन्यूज

प्रतिक्रिया