अनेसास बोस्टनले मनायो मोती र माधव घिमिरे जयन्ती

इनेप्लिज २०८० असोज ८ गते २१:०७ मा प्रकाशित

बोस्टन समाचार दाता

आज मिती सेप्टेम्वर 24 2023 ईसं मा एक समारोह बिच अनेसास बोस्टनले मोती राम भट्ट र माधव प्रसाद घिमिरे जयन्ति एकैसाथ मनाएको हो। अनेसास बोस्टनले सुरुवात गरेको काब्य गोस्ठी “सिर्जना उत्सव” समारोह ‘भाग चार’को कार्यक्रममा उक्त कार्यक्रम पनि जोडिएको थियो।

उक्त समारोहमा अनेसास बोस्टनका अध्यक्ष महेश्वर पन्त, अनेसास केन्द्रका अध्यक्ष गोवर्धन पूजा लगायत क्लवका पदाधिकारी, सदस्यहरु, आजीवन सदस्यहरु, साहित्यकार, साहित्यानुरागीहरुको बाक्लो उपस्थिति थियो। समारोहको सभापतित्व कवि अनु शाहा ले गरकी थिइन।

स्वर्गिय साहित्यकारहरुलाई एक मिनेट मौनधारण गरेर सम्झिएको थियो भने उनिहरुका रचित गजल तथा गीतहरु पाठ गरेर साथै गायनमा प्रस्तुती दिइएको थियो। कार्यक्रममा स्वागत मन्तव्य क्लवका सह-सचिव प्रतिक रावलले गरेका थिए।

कार्यक्रममा, केन्द्रिय अध्यक्ष गोवर्धन पूजाले मोती र माधवलाई सम्झिँदै अनेसासले सँधै यस्ता स्रष्ठाहरुलाई हरेक वर्ष सम्झिने तथा वँहाहरुको सम्मानमा विभिन्न कार्यक्रम विश्व भरि गरिरहने बताए। अनेसास बोस्टनका अध्यक्ष महेश्वर पन्तले भाषा सहित्य र संस्कृति सम्रक्षणमा अब अनेसासले अझै फड्को मार्न पर्ने भन्दै प्रौड शिक्षा र बाल शिक्षा दुबै अनेसासको पहलमा सुरु हुने छ भनेका थिए। यस्ता कक्षा सन्चालनमा यहाँ अमेरिकाका राज्य सरकारहरुले सहयोग समेत गर्ने सक्ने छन्, भनेका थिए। यस्ता राज्य सरकार संग जोडिन बोस्टन अनेसासले सुरु गर्ने पनि बताए।

राज मित्र प्रतिष्ठानका संरक्षक सुशिल नेपाल र सृजनशिल महिलाकी अध्यक्ष सानु वर्मा लगायत विजय शर्मा, अवी गजुरेल, प्रकाश खडका,थानीरत्न कँणेल, नविन उप्रेती, पूजा घिमिरे, विराज गुरुङ, महेश्वर पन्त, अनु शाहा,, दिपेन्द्र पोखरेल, प्रतिक रावल, राम थापा, प्रकाश रायमाझी, सुजन खरेल, अनु शाहा, एलिना श्रेष्ठ, गँडेश बहादुर खड्काहरुले दुई शब्द सहित आफ्ना रचनाहरु सुनाएका थिए।

नेपालीहरुको सामुदायिक भवन तथा पशुपतिनाथ र बुद्ध मन्दिर 594 वाशिङ्टन स्ट्रिट, ब्रानट्री सहर, म्यासाचुसेट्स अमेरिकामा भएको उक्त समारोहमा सोहि सामुदायिक भवनमा नेपाली पुस्तक लाईब्रेरिको सुरुवात अनेसास बोस्टनले गरेको समेत बताईएको थियो।

गायन, गीत, कविता र मोतीराम विशेष गजलहरुको प्रस्तुतिको सगंम समारोहलाई कार्यक्रमका सभापति अनु शाहाले बिसर्जन गरेकी थिइन्।

प्रतिक्रिया