युक्रेनद्वारा रुसी कालो सागर नौसेना सेभास्टोपोल आक्रमणमा सेनापति मारिएको दाबी

इनेप्लिज २०८० असोज ८ गते १६:५२ मा प्रकाशित

युक्रेनले रुसी कालो सागर नौसेना सेभास्टोपोल आक्रमणमा सेनापति मारिएको दाबी गरेको छ ।

युक्रेनले सेनापति भिक्टर सोकोलोभ शुक्रबार सेभास्टोपोलमा युक्रेनी आक्रमणमा मारिएको दाबी गरेको सिएनएनले समाचार प्रकाशित गरेको छ ।

रुसी ब्ल्याक सी फ्लीटको हेडक्वार्टरमा अर्थात रुसी नौसेना मुख्यालयमा आक्रमण गरेपछि सेनापति सहित ३४ जना अधिकारीहरु मारिए,” युक्रेनी विशेष कारवाही बलले सोमबार जानकारी अध्यावधिक( अपडेट) गर्दा बताएका छन।

१०० भन्दा बढी रुसी सैनिकहरू घाइते भएको सिएनएनमा समाचार छ।

सेभास्टोपोल रूसको कालो सागरको नौसेना मुख्यालयको घर हो । क्रिमियाली प्रायद्वीपमा सबैभन्दा ठूलो शहरहरू मध्ये एक हो ।

सन २०१४ मा मस्कोको सेनाले अवैध रूपमा कब्जा गरेको थियो।

सीएनएनले सोलोकोभ वा हताहतको संख्याको बारेमा युक्रेनको दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सक्दैन भनि उल्लेख गरेको छ ।

सीएनएनले टिप्पणीको लागि रूसी रक्षा मन्त्रालयलाई सम्पर्क गरेको छ।

युक्रेनले सेभास्टोपोलमा गरेको आक्रमणमा एकजना सैनिक बेपत्ता भएको मस्कोले जनाएको छ ।

प्रतिक्रिया