भर्जिनियाको चेसापिक मा भएको गोलीकाण्डमा १४ वर्षीय एक बालकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । शनिबार दिउँसो भएको गोलीकाण्डपछि घाइते भएका पाँचैजनालाई स्थानीय अस्पतालमा लगिएको चेसापिक प्रहरी विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
घाइते १४ वर्षीय बालकको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य पीडितहरू दुई पुरुष किशोर र दुई वयस्क पुरुषहरु भएको पहिचान गरिएको छ।
एबिसीन्यूजका अनुसार बेलुका ५ बजेको केही समयपछि प्रहरीलाई खबर गरिएको थियो । शनिबार एक आवासीय छिमेकमा गोली चलेको विवरण प्रहरीले दिएको छ।
हाल सम्म कुनै संदिग्धहरूलाई पक्राउ गर्न सकिएको छैन भने प्रहरीले जानकारीको जनतालाई अगाडि आउन आग्रह गरेको छ । सूचना दिनेलाई १,५०० डलर पुरस्कार दिने घोषणा समेत प्रहरीको बिज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया