अमेरिकी राष्ट्रपतिको मत सर्वेक्षणमा ट्रम्प बाइडेन भन्दा १० अंकले अगाडि

इनेप्लिज २०८० असोज ८ गते ११:१० मा प्रकाशित

आगामी २०२४ मा हुने अमेरिकी राष्ट्रपतीय चुनावको बिषयलाई लिएर अमेरिकाका प्रसिद्ध संचार माध्यम वाशिंगटन पोष्ट तथा एबिसी न्यूजले गरेको सर्वेक्षणमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति जो बाइडेनभन्दा १० अङ्कले अगाडी रहेका छन् ।

२०२४ को राष्ट्रपतीय चुनावी दौडको हालसालै जारी गरिएको राष्ट्रिय सर्वेक्षणमा ट्रम्पले बाइडेनलाई १० अंकले पछाडी पारेका छन । तर निर्वाचन हुन् अझै एक बर्ष समय रहेको छ । सर्वेक्षण परिवर्तन भै रहने हुने हुन्छ भने रिपब्लिकन दलको तर्फबाट पनि सबै उम्मेदवारहरुलाई ट्रम्पले पछि पारेका छन् ।

राष्ट्रपति जो बाइडेनले आफ्नो २०२४ मा पुन: उम्मेदवार बन्ने घोषणा गरे पछि अर्थव्यवस्था र अध्यागमन लगायतका प्रमुख मुद्दाहरूमा कम अंक प्राप्त गरेका छन् । वाशिंगटन पोस्ट-एबीसी न्यूज पोलले ट्रम्पलाई १० अंक (५२% -४२%) ले राष्ट्रपतिलाई अगाडि देखाएको छ।

यस महिनाको सुरुमा जारी गरिएको फक्स न्यूजको राष्ट्रिय सर्वेक्षणले दर्ता मतदाताहरूमध्ये ट्रम्प र बाइडेन बीच ४८%-४६% को अङ्कको फरक रहेको थियो ।

क्विनिपियाक विश्वविद्यालयको सर्वेक्षणले दर्ता मतदाताहरूमध्ये बाइडेनलाई ट्रम्प भन्दा ४७%-४६% अगाडि देखाएको थियो । गत महिना जारी गरिएको वाल स्ट्रिट जर्नलको सर्वेक्षणले दर्ता भएका मतदाताहरूमध्ये प्रत्येक पुरुषहरुको सर्वेक्षणमा ४६% मा बराबर देखाएको थियो ।

आइतवार जारी गरिएको नयाँ एनबीसी न्यूज मत सर्वेक्षणपनि बाइडेन र ट्रम्प दर्ता मतदाताहरू बीच ४६% मा बरावर देखाएको छ।

२०१६ र २०२० दुवै राष्ट्रपति चुनावमा ट्रम्पले क्रमशः ४६ % र ४७ % राष्ट्रिय लोकप्रिय मत जितेका थिए। सर्वेक्षण अनुसार ट्रम्पले पुरुष मतदाताहरू (६२%-३२%) सँग ३०% अग्रता पाएका छन्, जबकि बाइडेनले महिलाहरूमा ९% (५२%-४३%) को अग्रता पाएका छन्।

२०२० मा ट्रम्पलाई पुरुष मतदाताहरूले राष्ट्रिय रूपमा दुई अंक (५० %-४८ %) ले मत ज्यादा दिएका थिए।

नयाँ वाशिंगटन पोस्ट-एबीसी न्यूज सर्वेक्षणले पनि ट्रम्पलाई १८- ३९ वर्ष उमेरका मतदाताहरू बीच १९ अङ्कको अग्रता ५५ %-३६ % र ४०-६४ बर्ष उमेरकामा ५२ %-४४ % उमेरका मतदाताहरू बीच आठ अंकको अग्रता देखाएको छ।

जबकि बाइडेनले ६५ वर्ष वा सोभन्दा माथिका मतदाताहरूबीच एक अंकको अग्रता (४८%-४७%) पाएका छन् । यसै गरि बाइडेनले नेतृत्व कसरी काम प्रवन्ध गरि रहेका छन् भन्ने सवालमा ३७ % ले ठिक भनेका छन् भने ५६ % ले अस्विकार गरेका छन् । यसैगरी दर्ता गरिएका मतदातालाई एनबिसीन्यूजले गरेको सर्वेक्षणमा पनि ४६ % ट्रम्प र बाइडेनलाई पनि ४६ % अङ्क प्राप्त गरेका छन् ।

प्रतिक्रिया