युक्रेनद्वारा क्राइमियामा रहेको नौसेनाको मुख्यालयमा आक्रमण गरेको एक दिनपछि क्राइमिया शहरलाई निशाना

इनेप्लिज २०८० असोज ७ गते १२:४९ मा प्रकाशित

युक्रेनले क्राइमियामा रहेको नौसेनाको मुख्यालयमा आक्रमण गरेको एक दिनपछि क्राइमिया शहरलाई निशाना बनाएको छ । युक्रेनले शनिबार बिहान रुसले कब्जा गरेको क्राइमिया प्रायद्वीपको सेभास्टोपोलमा अर्को क्षेप्यास्त्र आक्रमण गरेको छ ।

रुसको ब्ल्याक सी फ्लीटको मुख्यालय(नौसेना )मा भएको आक्रमणको एक दिन पछि आक्रमण भएको एक रुसी-स्थापित अधिकारीले बताए । सेभास्टोपोललाई एक घन्टाको लागि हवाई आक्रमणको सतर्कता (अलर्ट) राखिएको गभर्नर मिखाइल रज्भोज्याभले टेलिग्राममा जानकारी गराएका छन् ।

अर्को क्षेप्यास्त्र टुक्रा उत्तरी सेभास्टोपोलको उद्यानमा खसेको र केही भागहरू घेराबन्दी गर्नुपरेको उनले बताए । उक्त क्षेत्रमा फेरी आवागमन पनि रोकिएको थियो र पछि सुचारु गरिएको थियो ।

प्रायद्वीपमा भएको घटनाक्रमको बारेमा युक्रेन समर्थक टेलिग्राम समाचारका अनुसार उत्तरी क्राइमियाको भिल्ने नजिकै चर्को विस्फोटको आवाज पनि सुनिएको थियो। सन् २०१४ मा रुसले अवैध रूपमा क्राइमियालाई गाभेको थियो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण मात्रामा आक्रमण गर्ने आदेश दिएदेखि युक्रेनी सेनाको बारम्बार निशाना बनेको छ।

युक्रेनका गुप्तचर प्रमुख, किरिलो बुडानोभले शनिबार भ्वाइस अफ अमेरिकालाई दिएको जानकारी अनुसार गत शुक्रबार ब्ल्याक सी फ्लीट(कालो सागर नौ सेनाको मुख्यालय )मा कीभको आक्रमणको परिणाम स्वरूप कम्तिमा नौ व्यक्तिको मृत्यु भएको छ र अन्य १६ जना घाइते भएका छन्।

रुसी रक्षा मन्त्रालयले सुरुमा आक्रमणमा एकजना सेना (सेवा सदस्य)को मृत्यु भएको बताएको थियो तर पछि उ बेपत्ता भएको वक्तब्य जारी गरेको थियो।

प्रतिक्रिया