भर्जिनियामा निद्राको चक्की दिएर १५ र ५ वर्षीया छोरीको हत्या गर्ने आमालाई ७८ वर्षको कारागार सजाय

इनेप्लिज २०८० असोज ६ गते १७:४४ मा प्रकाशित

भर्जिनियामा १५ र ५ वर्षीया छोरीको हत्या गर्ने आमालाई ७८ वर्षको कारागार सजाय सुनाईएको छ ।

उत्तरी भर्जिनियाकी एक आमा जसले आफ्ना दुई छोरीहरूलाई मेलाटोनिन-लेस्ड गमी बियर्स(चुइकम)मा निन्द्रा लगाउने चीज गोली हानेर शान्त पार्दै गोली हानी हत्या गरेको अभियोगमा शुक्रबार ७८ वर्षको जेल (कारागार )सजाय सुनाइएको छ।

३८ बर्षिय वेरोनिका योङ्गब्लडलाई अगस्त २०१८ मा छोरीहरू १५ बर्षिय शेरोन क्यास्ट्रो र ५ बर्षिय ब्रुकलिन यंगब्लडलाई भर्जिनियाको मक्लिन शहरको आफ्नो आवासगृह (अपार्टमेन्ट)मा गोली हानेपछि पक्राउ गरिएको थियो।

१५ बर्षिय छोरी क्यास्ट्रोले ९११ प्रहरीलाई खबर गरेकी थिइन् । उनको आमाले गोली हानेको बताउन उनि केही समयसम्म बाँचेकी थिइन् । निर्णायक मण्डल (जूरी)हरूले दुई हप्ताको परीक्षणको क्रममा छोरीले दिएको सूचना दर्दनाक थियो भनि डब्लुटिओपिले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

योङ्गब्लडले जासूसहरूलाई उनले लामो समयसम्म हिरासतमा विवाद भएपछि उनीहरू र आफूलाई मार्ने योजना बनाएकी थिइन्। उनका पूर्व पति रोन योङ्ग ब्लडले सुनुवाइ पछि एसोसिएटेड प्रेसलाई उनी दुबै छोरीहरूसँग मिजौरी जान चाहन्थे तर आफ्नी पूर्व पत्नीले आपत्ति जनाएकी थिइन् ।

अधिकारीहरूका अनुसार उनले आफ्ना छोरीहरूलाई ओछ्यानमा गोली हान्न अघि निद्राको चक्की खुवाएकी थिइन् ।

योङ्गब्लड अर्जेन्टिनामा गरिबीमा हुर्केकी, बाल्यकालमा शारीरिक र यौन दुर्व्यवहारको शिकार भएको र आफ्नी जेठी छोरीलाई सहयोग गर्न किशोरावस्थामा यौन कार्यको सहारा लिएको सजाय सुनाउने क्रममा निर्णायकले ७८ वर्षको कारागार सजाय सिफारिस गरेका थिए ।

उनलाई शुक्रबार सजाय सुनाइनुअघि उनले आफ्ना छोरीहरू र उनीहरूलाई हुर्काउनु परेको कठिनाइहरूको बारेमा ३० मिनेट भन्दा बढी बोलेकी थिइन् ।

“म एक असल आमा हुँ, तर केही भयो, मलाई यो कसरी व्याख्या गर्ने थाहा छैन,” उनले स्पेनी अनुवादक मार्फत न्यायाधीशलाई बताइन्। “मेरो दिमागमा केहि विस्फोट भयो।” उनले अगाडी भनिन ।

अभियोजकका अनुसार हत्या पूर्वनियोजित थियो र योङ्गब्लडले एक हप्ता अघि बन्दुक किनेकी थिइन् ।

प्रतिक्रिया