कोलोराडोमा “सुश्री पारिजात” चर्चा तथा गोविन्द गिरी प्रेरणा सम्मानित

इनेप्लिज २०८० असोज ६ गते १०:२२ मा प्रकाशित

२२ सेप्टेम्वर २०२३, कोलोराडो

अमेरिकाको कोलोराडो राज्यको डेन्भर शहरमा आयोजित एक साहित्यिक समारोहमा गोविन्द गिरी प्रेरणा लिखित जीवनी पुस्तक “सुश्रीपारिजात” को चर्चा कार्यक्रम सम्पन्न भयो । समारोहमा “सुश्री पारिजात” कृतिका लेखक गोविन्द गिरी प्रेरणाले सो जीवनी लेखनकाविविध पक्ष र पाटाहरूरूको विषयमा चर्चा गरे ।

समारोहमा उपस्थित प्रमिला शर्मा, विजयराज शर्मा, कृष्ण मुरारि ढुंगेल, तारा अधिकारी, राजु सिटौला, रमिता तुलाधर सगायतले सुश्रीपारिजातको विषयमा विविध जिज्ञासा राख्नुका साथै लेखकलाई शुभकामना प्रकट गरेका थिए ।

कार्यक्रमको सुरूमा राईटर्स ईन्टरनेशनल, ग्लोवल कमिटी अमेरिकाका अध्यक्ष ज्ञानेन्द्र गदालले सुश्री पारिजातका लेखक गोविन्द गिरीप्रेरणाको परिचय प्रस्तुत गर्दै कार्यक्रमको आयोजनाको वारेमा आफ्नो मन्तब्य प्रस्तुत गरेका थिए ।

तत्पश्चात् राईटर्स ईन्टरनेशनल, ग्लोवल कमिटी अमेरिकाका तर्फबाट गोविन्द गिरी प्रेरणालाई सम्मान गरिएको थियो । कृष्णमुरारीढुंगेलले खादा पहिराएका थिए भने अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकर्माले सम्मानपत्र समर्पण गरेका थिए ।सम्मानपत्रको ब्यहोरा ज्ञानेन्द्र गदालले पढेर सुनाएका थिए ।

समारोहमा कोलोराडोका साहित्यकार तथा साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया