अमेरिकाको सेन्ट लुइसको अस्पतालमा उपचारको क्रममा हिरासतबाट भागेका “खतरनाक” कैदी पक्राउ

इनेप्लिज २०८० असोज ५ गते ११:२२ मा प्रकाशित

अमेरिकाको मिजौरी राज्यको सेन्ट लुइसको अस्पतालमा उपचारको क्रममा हिरासतबाट भागेका “खतरनाक” कैदी पक्राउ परेका छन् ।

सेन्ट लुइस अस्पतालमा उपचारको क्रममा गत बिहीबार बिहान हिरासतबाट भागेका एक कैदीलाई मिजौरीका प्रहरी अधिकारीहरूले पक्राउ गरेका छन्।

सेन्ट लुइस काउन्टी प्रहरी विभागले सामाजिक संजालमा एक विज्ञप्तिमा प्रकाशित गर्दै ४५ वर्षीय टमी वेन को रूपमा पहिचान गरिएको कैदीलाई बिहीबार साँझ अस्पतालबाट छ माईल उत्तरमा हिरासतमा लिइएको जनाएको छ ।

अन्वेषकहरूले पछ्याउदै जाँदा उनलाई फेला पारिएको हो भने थप विवरण दिइएको छैन। बोयड एक दोषी बाल यौन अपराधी हुन् जो नाबालिग यौनसम्बन्धको लागि ३० वर्षको कारागार सजाय भोगी रहेको प्रहरी बिभागले सामाजिक संजालमा लेखेको छ ।

कैदीलाई गत बुधबार पोटोसी सुधार केन्द्रबाट उपचारका लागि अस्पताल लगिएको थियो । उनि भागेपछि, अधिकारीहरूले इलाकाका बासिन्दाहरूलाई सचेत हुन र ९११ लाई सुचना दिन चेतावनी दिएका थिए ।

प्रतिक्रिया