अमेरिकाको केन्टकीमा आफ्नो घरमा मौरीको झुण्डले आक्रमण गरेपछि मानिसको मृत्यु भएको छ । केन्टकीका मृत्यु समीक्षकले मौरीको झुण्डले टोकेर सोमबार एक ५९ वर्षीय व्यक्तिको मृत्यु भएको बताए ।
अहिलेसम्म सार्वजनिक रूपमा पहिचान भै सकेको छैन भने उक्त व्यक्तिले केन्टकीको हार्लान काउन्टीमा मौरीको कौशीबाट माटोको पुरानो झोला सारिरहेको बेलामा झोलाबाट मौरीहरू बाहिर निस्किएर आक्रमण भएको सहायक मृत्यु समीक्षक जोन डब्ल्यू जोन्सले सामाजिक सञ्जालमा सूचना प्रकाशित गरेका छन् ।
परिवारका सदस्यहरूले उनलाई उपचार र सीपीआर (श्वास प्रश्वास )गर्न थाले र आकस्मिक कक्षमा लगियो । तर बेलुका ६ :०० बजे भन्दा पहिले उनको मृत्यु भएको थियो ।
कोरोनर (मृत्यु समीक्षक ) कार्यालयले अनुसन्धान जारी रहेको सिबिएसन्यूजले समाचार लेखेको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सिडिसी)का अनुसार २०११ र २०२१ को बीचमा यस्ता मौरीहरुमा कुल ७८८ जनाको मृत्यु भएको जनाएको छ ।
मौरीको टोकाईबाट मृत्यु मध्ये लगभग ८४% पुरुषहरूमा रहेका छन् ।
प्रतिक्रिया