लिम्पियाधुरा, लिपुलेक र कालापानीको ……………

इनेप्लिज २०८० असोज २ गते ११:०९ मा प्रकाशित

लिम्पियाधुरा, लिपुलेक र कालापानीको बारेमा बोल्नेछौ
लडाई लड्न जान्छु म जितेर आउने छु
यो मन मुटु भित्र मेरो देश नेपाल छ
खुला आकाश मन्द मन्द बतास मन रमाएको छ
 
इतिहासले भन्छ लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो
देशको लागि लड्ने सिपाही हु लडाई लड्नु पर्ने भो
आफ्नो मातृभूमि, आफ्नो पहिचान र राष्ट्रियतालाई सुरक्षा गर्नुपर्छ
आमा,म यो देशको सिपाही देश र जनताको सुरक्षाको जिम्मेवारी छ
 
प्राण छउन्जेल लड्ने छु यो देशलाई जोगाउनु छ
वीर पुर्खाको इतिहासका कथा सबैलाई सुनाउनु छ
स्वाधीनताको पक्षमा लड्नुपर्छ हामी सबैले
भुल्ने छैनौ लिम्पियाधुरा, लिपुलेक र कालापानी हामीले
 
सबैले एक ढिका भएर देशको लागि लड्नु छ
देशको सिमानाको बारेमा आवाज उठाउनु छ
इतिहास पढ्दा सुस्ता पनि हाम्रै हो
देशको लागि लड्ने सिपाही हु लडाई लड्नु पर्ने भो
 
 लिम्पियाधुरा, लिपुलेक र कालापानीको बारेमा बोल्नेछौ
लडाई लड्न जान्छु म जितेर आउने छु

 गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया