इरानमा थुनामा रहेका पाँच जना अमेरिकीलाई अमेरिका–इरानबीचको व्यापक सम्झौताको एक भागका रूपमा आज सेप्टेम्बर १८ ,सोमबार रिहा गरिने इरानी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
अमेरिकी सरकारले सबै पाँच अमेरिकीहरूलाई गलत तरिकाले हिरासतमा राखिएको ठहर गरेको छ।
सोमबार राज्य-सम्बद्ध सरकारी दूरदर्शन (प्रेस टिभी)मा देखाइएको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता नासेर कनानीले सम्झौताका अन्य तत्वहरूसँगै रिहा पूरा हुने आशा गरेको बताए ।
एक कतार बिमानबाट पाँच अमेरिकीहरूलाई दोहा ल्याउन इरानमा तयारी अवस्थामा रहेको एक स्रोतले सोमबार सिएनएनलाई यस विषयमा विस्तृत जानकारी दिएको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
अमेरिका र इरानबीच भएको सम्झौता अनुसार दक्षिण कोरियामा प्रतिबन्धित खाताहरूमा राखिएको इरानी कोषमा रहेको ६ अर्ब डलर कतारका बैंकहरूमा रहेका प्रतिबन्धित खाताहरूमा पठाइनेछ।
उक्त रकम स्विजरल्याण्डबाट कतारको बैंक खातामा स्थानान्तर भएको कुरा कतारले इरानी र अमेरिकी अधिकारीहरूलाई जानकारी गराएको स्रोतले जानकारी दिएको छ ।
बन्दी बनाईकाहरूमा झण्डै आठ वर्षदेखि इरानमा थुनिएका सियामक नमाजी रहेका छन । यसै गरि इमाद शार्गी, वाशिंगटन डिसी निवासी हुन् र मोराद ताहबाजको एक अमेरिकी र बेलायती नागरिक हुन् । सिबिएसले जनाए अनुसार अन्य दुई अमेरिकीहरूको नाम अज्ञात रहेको र उनीहरुको नाम सार्वजनिक गरिएको छैन ।
ह्वाइट हाउस र नमाजीको परिवारका वकिलका अनुसार केही समय पहिले इरानको कुख्यात इभिन कारागार (जेल)बाट नमाजी, शार्गी, तहबाज र एक अज्ञात बन्दीलाई रिहा गरिएको थियो। पाँचौं कैदीलाई पहिले नै घरमै नजरबन्द गरिएको थियो ।
प्रतिक्रिया