टोरोन्टो, ४८ औं टोरोन्टोअन्तरराष्ट्रिय फिल्म फेस्टिवलमा नबिन सुब्बा द्वारा निर्देशित चलचित्र”गाउँ आएको बाटो”को अन्तर्राष्ट्रिय प्रेमियर हुनुको साथै कार्यक्रममा सो चलचित्र प्रदर्शन गरिएको छ। नेपाली तथाअन्य दर्शकहरुको बाक्लो उपस्थिति रहेको सो चलचित्रको प्रदर्शन पछि दर्शकहरुले चलचित्रको मौलिक बिषय बस्तुले गर्दा चलचित्र जिबन्त भएको प्रतिक्रिया दिएका थिए।
सो चलचित्र प्रदर्शनको लागि नेपालबाट क्यानडा आएको टोली चलचित्र प्रदर्शन पश्चात नेपाली समुदायको बिभिन्न समूहले चलचित्रबारे जानकारी लिने उद्देश्यले भेटघाट कार्यक्रम आयोजना गरिएको थियो। सोहि क्रममा टोरोन्टो बिस्वबिद्यालयको मंक स्कूल अफ ग्लोबल एफेर्स एण्ड पब्लिक पल्सीको सभाकक्षमा पनि एक भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा टोलीका सदस्यहरु तथा उपस्थित सबैलाई स्वागत गर्नु हुदै ओन्टारियो कलेज अफ आर्ट एण्ड डिजाइन युनिभर्सिटीका फोटोग्राफि अध्यापक सुरेन्द्र लावतिले निर्देशक नबिन सुब्बाका चलचित्रहरुले स्थानिय कथाबस्तुलाई प्रस्तुतगरि जन समक्ष ल्याउने प्रशंसनिय काम गर्नु भएको बताउनु भयो।
कार्यक्रममा चलचित्र निर्माण आफ्नो अनुभब बताउनु हुदै यात्राको क्रममा नेपालीयुबाहरु बिदेसिदै गईरहेको देखेकोले बाध्यता के हो भन्ने बारे यो चलचित्र निर्माणगर्न आफू प्रेरित भएको बताए। भारतिय चलचित्र संग नेपाली चलचित्रले प्रतिस्पर्धा गर्न धेरै कठीन छ भन्नु हुदै तर नेपालको स्थानिय, रैथाने बिषयका कथाबस्तुले बलीउड भन्दा फरक धारको चलचित्र निर्माणले लोकप्रियता बढ्छ भन्नु भयो। यो चलचित्रमा आफूले कलाकार, भाषा, भेषभुसा, संस्कृति सके सम्म स्थानियलाईनै प्राथमिकता दिने प्रयास गरेको बताउनु हुदै स्थानिय परिवारमा सदस्यहरुको तहगत प्रणालि,स्थानिय शीप, रंग तथा दृश्य संयोजनको माध्यम बाट देखाउन खोजेको तर कुनै कुनै अबस्थामा गर्न नसकिएको बताउनु भयो। “यो चलचित्रमा खास गरि सडकको निर्माणपछि गाउँमा आएको सकारात्मक र नकारात्मक परिबर्तन दर्शाउन प्रयास गरेको छु” उहाँले बताउनु भयो।
चलचित्रकी अभिनेत्री पशुपति राईले रंगमंच र चलचित्र बिधा एउटै जस्तो देखिए पनि अभिनय, संबाद जस्ता क्षेत्रमा फरक किसिम बाट गर्नु पर्ने आफ्नो अनुभब बताउनु हुदै यो चलचित्रमा संलग्न हुन्दा आफ्नै संस्कृति बारे धेरै सिक्ने मौका पाएको बताउनु भयो। चलचित्रका छाँयाकार जोश हेमरले नेपालको दुर्गम क्षेत्रमा चलचित्र छाँयांकन गर्दा प्राबिधिक, प्राकृतिक एबम अन्य समस्या भोग्नु परेतापनि पछि आफूमा आत्म बिस्वास बढेको बताउनु भयो।
चलचित्रका संगीतकार हाइदी लीले यो चलचित्रमा संगीत गर्न पाउदा आफूले नेपाली संगीतबारे सिक्ने मौका पाएको बताउनु हुदै अरु समुदायको संगीत पनि सिक्ने ईच्छा जागेको बताउनु भयो। चलचित्रका निर्माता आमोद राईले चलचित्रको माध्यम बाट संस्कृति बारे जानकारी दिनखोजेको बताउनु हुदै बिस्वलाईनै देखाउन योग्य चलचित्र निर्माणको प्रयास गरेको बताउनु भयो। साथै उहाँले चलचित्र निर्माणको लागि बिस्वका बिभिन्न स्थानका राई समुदायबाट सहयोग प्राप्त भै चलचित्र निर्माण सफल भएको हो भन्नु भयो।
कार्यक्रमको अन्त्यमा टोरोन्टो बिस्वबिद्यालय भूगोल बिभागका प्रा. डा. क्याथरिन रान्किन, डा. योगेन्द्र शाक्य, डा. पुष्प आचार्य लगायतले चलचित्र बारे प्रश्नहरु राखेकोमा चलचित्रका सम्बन्धित ब्यक्तिले उत्तर दिनु भएको थियो।
प्रतिक्रिया