युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आगामी बिहिबार अमेरिका आउने भएका छन् । उनले बिहीबार क्यापिटल हिल(अमेरिकी सांसद भवन )को भ्रमणको क्रममा सिनेटरहरूसँग कुरा गर्ने तयारी गरेका छन भनि सिएनएनले जनाएको छ ।
युक्रेनी राष्ट्रपतिले सबै सेनेटरहरूको बैठकमा बिहान १० बजे अमेरिकी पूर्वीय समयमा टिप्पणी दिनेछन । कांग्रेसले युक्रेनलाई थप सहायताको लागि ह्वाइट हाउसको अनुरोधलाई तौलिरहेको छ भने यो पारित हुने शंकामा छ भनि सिएनएनले उल्लेख गरेको छ ।
यस मुद्दामा रिपब्लिकनहरु कडा रूपमा विभाजित भएका छन्। जेलेन्स्कीले गत डिसेम्बरमा अमेरिकी संयुक्त सत्रलाई सम्बोधन गरेका थिए । तर युक्रेन कोषको विरोध विशेष गरी तल्लो सदनमा रिपब्लिकनहरुको बहुमत रहेकोले बढेको छ।
जेलेन्स्कीले ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनसँग पनि भेट गर्नेछन्। रुसद्वारा आक्रमण सुरु भएयता पहिलो पटक युक्रेन छोडेका थिए।
वाशिंगटन डिसीको आफ्नो यात्रा बाहेक, संयुक्त राष्ट्र महासभा बैठकहरू वरिपरि, जेलेन्स्कीले न्यूयोर्कमा अन्य विश्व नेताहरूसँग धेरै बैठकहरू गर्ने योजना बनाएका छन् ।
युद्धको विरुद्धमा दृढ अडान नलिने राष्ट्रहरूलाई रूसको निन्दामा थप बलियो बन्न मनाउन उनको उद्देश्यहरू रहेका छन्।
प्रतिक्रिया