अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित अमेरिकाकै सक्रिय संघ/संस्था मध्ये कै एक बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(बाना )ले सन् २०२३ को तीज कार्यक्रम अत्यन्तै भव्यताको साथ सम्पन्न गरेको छ ।
कोरोना महामारी पछि दोश्रो बर्ष पनि भौतिक रुपमा आयोजना गरिएको तीज कार्यक्रममा खचाखच भिडको साथ समापन गरिएको छ । मेरिल्याण्ड बाल्टिमोर क्षेत्रको छाता संगठनले यस क्षेत्रका सबै महिला दिदीबहिनी तथा चेलीबेटीलाई दर खुवाएको छ ।
यस क्षेत्रमा बिभिन्न संघ/संस्थाले आयोजना गरेका तीज कार्यक्रममा सहभागी भएका महिलाहरुले बानाको तीज कार्यक्रममा सक्रिय रुपमा सहभागीता जनाएका थिए । बानाको आफ्नै भवन भएता पनि त्यहा आउने सहभागिता ज्यादै धेरै हुनाले अर्कै छुट्टै भवनमा तिजको आयोजना गरिएको थियो ।
यस पटक पनि भाषणलाई थाती राख्दै केवल मनोरंजनलाइ उच्च प्राथमकिता दिदै अध्यक्ष सुबोध पन्तले स्वागत गरे पछि बालबालिका तथा केही समुहको प्रस्तुति बाहेक पुरै कार्यक्रम महिला दिदी बहिनीहरुलाई समर्पित गरिएको थियो ।
छुट्टै लिइएको कार्यक्रम स्थलमा अत्यन्तै राम्रोसँग मंच र कार्यक्रम स्थल सजाईएको थियो । अध्यक्ष सुबोध पन्तलका अनुसार करिव ७ सय जनाको सहभागिता रहेको इनेप्लिजलाई बताए । हामीले मेरिल्याण्ड मात्र नभई डिसी महानगर क्षेत्रका सबै दिदीबहिनीहरुलाई आमन्त्रण गरेको र थुप्रै महिलाहरु टाडाबाट आएको समेत उनले जानकारी दिए । अमेरिकाका बिभिन्न राज्य ,शहर ,टोलहरुमा भै रहेका तीजहरु मध्ये कै बानाले आयोजना गरेको हरितालिका तीजमा अत्यन्तै धेरै सहभागिता भएको छ ।
प्रारम्भिक चरणमा बालबालिकाले प्रस्तुति गरेका थिए भने त्यस पछि पहिले तयार भएका समूहले तीज गीतमा प्रस्तुति दिएका थिए । बानाले यस क्षेत्रमा बसोबास गर्ने महिला दिदीबहिनी /चेलीबेटीहरुलाई आमन्त्रण गर्दै तीज हर्सौल्लाश साथ सम्पन्न गरेको छ ।
गत सेप्टेम्बर १६ शनिबार साँझ बाल्टीमोरमा नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेपाली दिदी बहिनीहरुलाई दर खुवाई नाचगान सहित यस बर्षको तीज समापन गरेको छ।
कार्यक्रममा अहिले चलेका उत्कृष्ट गीतहरु बजाईएको थियो भने महिलाहरुले खुब मनोरंजन गर्दै नाचेका थिए ।
प्रतिक्रिया