पोपका शान्ति दूत चीनमा युक्रेन वार्ताबाट फर्किएका छन् ।
पोप फ्रान्सिसका युक्रेन शान्ति दूत कार्डिनल माटियो जुप्पी गत शुक्रबार बेइजिङको तीन दिने भ्रमणबाट फर्किएका छन् । सबै पक्षलाई रुसको युद्ध अन्त्य गर्न सक्ने वार्तामा सहभागी हुन आह्वान गरेका छन्।
उनले यस कार्यमा सबैको सहयोग हुनु पर्ने बताए । उनले अगाडी भने “युक्रेन यस्मा पहिले नै संलग्न भइसकेको छ र आफ्ना प्रस्तावहरू प्रस्तुत गरेको छ। वास्तवमा, सबैले शान्तिको खोजीमा सहभागी हुनैपर्छ।
जुनमा रूसको भ्रमणको क्रममा, कार्डिनलले क्रेमलिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ, रुसी रुढीवादी कुलपति किरिल र मारिया लोभा-बेलोभासँग भेट गरेका थिए ।
साथै उनले त्यस बेलामा हजारौं युक्रेनी बालबालिकालाई जबरजस्ती रूसमा निर्वासित गर्ने कथित योजना केन्द्रमा रहेका सरकारी अधिकारीसँग पनि भेट गरेका थिए भनि सिएनएनले जनाएको छ ।
यसअघि जुनमा जुप्पीले युक्रेनी अधिकारीहरूसँग भेट्न कीभ पनि गएका थिए। शान्ति दूतले युक्रेनको युद्धको कूटनीतिक समाधान खोज्ने प्रयासलाई “चीन सरकारको ध्यानाकर्षण” प्राप्त भएको बताए।
प्रतिक्रिया