अनेसास जर्जिया च्याप्टरको साहित्यिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०८० भदौ २६ गते ११:०२ मा प्रकाशित

गत हप्ता जर्जियाको एटलान्टामा अन्तराष्ट्रिय नेपाली साहित्य समाज जर्जिया च्याप्टर र नेप्लिज एसोसियसन इन साउथ इष्ट अमेरिका (नासा) को संयुक्त्त आयोजनामा साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेप्लिज एसोसियसन इन साउथ इष्ट अमेरिका (नासा) को तेतीसौं सम्मेलनको अवसरमा होटल होलिडे इनमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो। अन्तराष्ट्रिय नेपाली साहित्य समाजजर्जिया च्याप्टरकी अध्यक्ष्य मीरा कोइरालाको सभापतित्त्वमा सम्पन उक्त्त कार्यक्रममा कविता ,गीत ,नृत्यका साथै स्वस्ति शान्ति वाचन पनि गरिएको थियो।

कार्यक्रममको शुभारम्भ अनेसास जर्जिया च्याप्टरकी अध्यक्ष मीरा कोइरालाले अथितिहरूलाई आशन ग्रहण स्वागत गरेर गर्नुभएको थियो भने साना साना बालबालिका अंशल तिमिल्सिना र कृति तिमिल्सिनाले स्वास्ति वाचन र शान्ति पाठ गरी कार्यक्रमको उद्घाटन गरेका थिए। वरिष्ठ साहित्यकार तथा अनेसास बोर्ड अफ ट्रष्टीका सहल्लाकार सीता पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त्त कार्यक्रममा वरिष्ठ साहित्यकार तथा अनेसासका पूर्व अध्यक्ष श्री ज्ञानेन्द्र गदाल, वरिष्ठ साहित्यकार डा. रामचन्द्र बरालको गरिमामय उपस्थिति रहेको थियो।

नेपाली तथा अमेरिकन राष्ट्रिय गीत गाएर सुरू गरिएको उक्त कार्यक्रममा एटलान्टा नेपाली स्कूलका नानीहरू कृषा डंगोल, शब्दा सिग्देलका साथै वरिष्ठ कवि तथा कवयत्रिहरू डा. रामचन्द्र बराल, अनुप श्रीवास्तव, डा. संजीव सापकोटा, सीता पाण्डे, गीता सापकोटा, सीता अधिकारी, राजा घलेबाट कविता वाचन गरिएको थियो। उक्त्त कार्यक्रममा अनेसासका प्रथम अधक्ष्य तथा साहित्यकार ज्ञानेन्द्र गोदालले गीत प्रस्तुत गर्नुभएको थियो भने नीलकण्ठ अर्याल, राम सिग्देल, ऋषि सुवेदी, तथा गंगाधर तिमिल्सिनाद्वारा सामुहिक रूपमा रातो र चन्द्र सूर्य बोलको गीत गाइएको थियो। कार्यक्रममा आउंदै गरेको महिलाहरूको महान पर्व हरितालिका तीजलाई मध्यनजर राख्दै अनेसास जर्जिया च्याप्टरका सदस्य दिदीबहिनी अनिता तिमल्सिना भण्डारी,सीता अधिकारी, विष्णु पगेनी तथा अन्य कलाकारहरू एलिना भण्डारी सुवेदी, सरीता ढुङ्गाना अर्याल, रक्षा न्यौपानेबाट तीजका मौलिक गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा कार्यक्रमका वरिष्ठ अतिथि तथा अनेसासका पूर्व अध्यक्ष कार्यक्रमका ज्ञानेन्द्र गदालले अनेसास जर्जिया र नासाको सहकार्य र सम्बन्धको विषयमा प्रकाश पार्नु भएको थियो भने अनेसास जर्जियाका च्याप्टरका सहल्लाकार तथा नासाका पूर्व अधक्ष्य राजा घलेले नासा र अनेसासको विगतको सहकार्य अझ मजबुत गराएर लैजानु पर्दछ भन्ने कुरालाई जोड दिनुभएको थियो।

कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि तथा अनेसास बोर्ड अफ ट्रष्टीका सहल्लाकार सीता पाण्डेले हामी नेपाली जहाँ भएपनि आफ्नो माटो र भाषाको लागि निरन्तर लागिरहनु पर्ने कुरामा जोड दिनुपर्दछ भन्दै जर्जिया च्याप्टर र नासालाई आगामी दिनमा अझ प्रगतिका लागि शुभकामना दिनुभएको थियो।

कार्यक्रमको अन्त्यमा कार्यक्रमकी सभापति तथा अनेसास जर्जिया च्याप्टरकी अध्यक्ष्य मीरा कोइरालाले आगन्तुक पाहुना तथा कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम अन्त्यको घोषणा गर्नुभएको थियो। कार्यक्रमलाई अनेसास जर्जिया च्याप्टरकी महासचिव विष्णु पगेनी सिग्देलले संचालन गर्नुभएको थियो।

प्रतिक्रिया