अध्यावधिक गरिएको : मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परि अहिले सम्म २ हजार ८ सय ६२ जनाको मृत्यु भएको छ भने २ हजार ५ सय ६२ जना घाइते भएका छन् ।
मोरक्को सरकारले अझै पनि अमेरिकी समर्थन स्वीकार गरेको छैन । अमेरिकी विदेश विभागका प्रवक्ता म्याट मिलरले सोमबार मोरोक्को सरकारले विदेश सचिव एन्टोनी ब्लिन्केनले भूकम्प राहतमा सहयोग प्रदान गर्ने प्रस्तावमा समेत संयुक्त राज्य अमेरिकालाई स्वीकार नगरेको पुष्टि गरेको सिएनएनले समाचार लेखेको छ । ब्लिन्केनले यस सप्ताहन्तमा मोरक्कोका विदेश मन्त्रीसँग कुरा गरि शोक व्यक्त गरेको मिलरले बताए ।
अमिज्मिज गाउँमा केही क्षेत्रहरू पूरै ध्वस्त भएको स्थानीय संचार माध्यमले जनाएको छ । गत शुक्रबार राति ११ बजे माराकेच नजिकै मोरक्कोको उच्च एटलस पहाडमा भूकम्प गएको थियो । जसमा धेरै जसो माराकेच र भूकम्पको केन्द्र नजिकका पाँच प्रान्तमा भएको अधिकारीहरूले बताएका छन् ।
मोरक्कोमा गएको दुर्लभ र शक्तिशाली ६.८ परिमाण (म्याग्निच्यूड)को भूकम्पले मोरक्कोलाई प्रभावित पारेको छ । एक शताब्दी भन्दा बढी समय पछि गएको सबैभन्दा शक्तिशाली भूकम्प राति ११ बजेर ११ मिनेटमा गएको भूकम्प ६.८ परिमाण (म्याग्निच्युड)को रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
प्रतिक्रिया