सुडानको राजधानीमा प्रतिद्वन्द्वी सेना समूह बीच लडाइमा मानव रहित यान (ड्रोन)आक्रमणमा कम्तिमा ४३ जनाको मृत्यु भएको छ । सुडानको राजधानी खार्तुमको दक्षिणमा खुला बजारमा आइतवार भएको मानव रहित यान (ड्रोन )आक्रमणमा कम्तीमा ४३ व्यक्तिको मृत्यु भएको छ।
कार्यकर्ता र एक चिकित्सा समूहले उक्त जानकारी गराएका हुन् । सेना र शक्तिशाली प्रतिद्वन्द्वी अर्धसैनिक समूह देशको नियन्त्रणको लागि लडाईमा होमिए पछि उक्त घटना घटेको हो ।
खार्तूमको मे छिमेकमा भएको आक्रमणमा अन्य ५५ भन्दा बढी घाइते भएका छन् जहाँ सेनासँग लडिरहेका अर्धसैनिक बलहरू भारी मात्रामा तैनाथ गरिएको सुडान चिकित्सक संघले एक विज्ञप्तिमा जनाएको छ । घाइतेहरुलाई उपचारका लागि बशैर विश्वविद्यालय अस्पताल लगिएको छ ।
सुडानमा गत अप्रिलको मध्यदेखि हिंसाले अस्तव्यस्त बनाएको छ । सेना प्रमुख(जनरल)अब्देल फताह बुरहानको नेतृत्वमा रहेको देशको सेना र जनरल मोहम्मद हमदान डगालोको नेतृत्वमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स( द्रूत समर्थक बल)हरू बीच लडाई जारी रहेको छ ।
आरएसएफले आइतवारको आक्रमणको लागि सेनाको वायुसेनालाई दोष दिएको छ। संयुक्त राष्ट्र संघको अगस्तको तथ्याङ्क अनुसार यो द्वन्द्वमा ४,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।
संयुक्त राष्ट्र शरणार्थी संस्था (एजेन्सी)का अनुसार आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको संख्या अप्रिलको मध्यदेखि लगभग दोब्बरले कम्तिमा ७१ लाख मानिसहरूमा पुगेको छ। अन्य ११ लाख छिमेकी देशहरूमा शरणार्थी छन भनि एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया