विराटनगर,२२ भदौ । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त गर्ने बताउनु भएको छ।
मुख्यमन्त्रीमा शपथ ग्रहण समारोह पछि आज साँझ प्रदेश प्रमुखको कार्यालयमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले सबै दलहरु एवं जनताको चाहना एउटै रहेको छ मध्यावधि निर्वाचन आवश्यक छैन ,त्यसले गर्दा आगामी ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्ने दावी गर्नु भयो ।
उहाँले वर्तमान सरकारले विश्वासको मत प्राप्त गरि अगाडि वढ्ने र त्यसको विकल्प नरहेको बताउनु भयो ।
उहाँले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा,जसपा लगायतका पार्टीले सरकारमा सहभागी भएर वा वाहिरबाट आफ्नो सरकारलाई समर्थन गर्ने विश्वास व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले सबै दलहरुको सहभागितामा सर्वदलीय सरकार निर्माण गर्ने कार्यमा पहल गर्ने बताउनु भयो ।
उहाँले वर्तमान सरकार एक महिना होइन चार वर्ष सञ्चालन हुने दावी समेत गर्नु भयो ।
प्रतिक्रिया