केयर होम मार्फत निःस्वार्थ सेवामा समर्पित राजेन्द्र सिँह नेगी

इनेप्लिज २०८२ वैशाख २७ गते १०:१३ मा प्रकाशित

काठमाडौ । ऐजिङ्ग लाईफ केयर होमको सञ्चालक राजेन्द्र सिँह नेगी बि.स २०४७ साल मंसिरमा परिवारको कान्छो सदस्यको रुपमा बैतडीको मेलौलीमा जन्मीएका हुन् । परिवारको कान्छो सदस्यको रुपमा जन्मीएका राजेन्द्रको बाल्यकाल अभावमा नै बित्यो । बैतडीको श्री मणीलेख उच्च माध्यमिक बिद्यालयबाट अध्यन शुरु गरेको राजेन्द्रले २०६८ सालमा काठमाडौमा आए । कम्युनिटी हेल्थको क्षेत्रमा काम गर्न शुरु गरेका राजेन्द्रले बुढाबुढीहरुलाई भजन किर्तन गराउने तथा मेन्टल हेल्थ सम्बन्धी काम गर्न थाले यसबाटै प्रभाबित भएर राजेन्द्रले २०७६ साल मंसिरमा उनले आफु जस्तै ४ जना मिलेर ऐजिङ्ग लाईफ केयर होम सञ्चालमा ल्याए । बिभिन्न संघ संस्थाबाट केयर होम सम्बन्धी तालिम हासिल गरेरका राजेन्द्रले भारतको बैङ्गलोरमा समेत एक बर्षको तालिम लिएका छन् ।

बुढ्यौली बढ्दै गएपछि मानिसको शरीरमा तागत घट्न थाल्छ । बिस्तारै रोग प्रतिरोधात्मक शक्ति पनि कमजोर हुन थाल्छ । शरीर कमजोर हुँदै गएपछि आफ्नो काम पनि आफैं गर्न सक्ने अवस्था हुँदैन । उठ्न बस्न समेत सहयोगको आवश्यकता पर्ने सम्भावना हुन्छ । त्यस्तो बेला हेरविचार गर्नको लागि एक व्यक्ति हरदम साथमा हुनुपर्ने हुन्छ । कामकाजी छोराछोरी भएको घरका अथवा परिवार विदेश भएका घरको ज्येष्ठ नागरिकहरूलाई भरपर्दो, विश्वासिलो सहयोगी पाउन मुस्किल भएको अवस्थाम त्यस्ता ब्यत्तिहरुलाई सेवा दिने उदेश्य सहित काठमाडौको सुकेघारामा अवस्थीत छ एजिङ लाइफ केयर होम । जसलाई सञ्चालन गरेका छन् बैतडीका राजेन्द्र सिहँं नेगीले । ५ बर्ष अधि काठमाडौको सुकेधारमा खुलेको एजिङ्ख लाईफ केयर होममा अहिले त्यस्ता परिवारका तीन दर्जन भन्दा बढी ज्येष्ठ नागरिक छन् । केयर होममा अहिले अल्जाईमर, डिमेन्सिया, प्यारालाईसिस भएका र सामान्य अवस्था तर सहयोगीको आवश्यकता भएका ज्येष्ठ नागरिकहरू रहेको एजिङ्ख लाईफ केयर होमका निर्देशक राजेन्द्र सिह नेगी बताउँछन् । केयर होममा उच्च रक्तचाप, मधुमेहको औषधि खाइरहेका, सहयोगीको आवश्यकता भएका ज्येष्ठ नागरिकहरू राखीने नेगी बताउँछन् । वृद्धवृद्धा उमेरमा हरदम सहयोगी आवश्यक पर्छ । बोल्ने अथवा गफ गरिदिने मान्छे हुनपर्छ । युवा अवस्थामा जस्तो साथीहरूसँग घुम्न जाने अथवा फोनमा कुरा गर्ने पनि हुँदैन त्यसैले यस्तो केयर सेन्टरले ठुलो राहत दिने गर्दछ । ज्येष्ठ नागरिकको शरीर एकदमै नाजुक हुन्छ । एकदम ख्याल गर्नुपर्ने हुन्छ । अलिकति खुट्टा चिप्ल्यो भने भाँचिन सक्छ सञ्चालक एव निेर्देशक राजेन्द्र नेगी भन्छन् उमेर बढ्दै जादाँ विभिन्न प्रकारका रोगहरुले च्याप्दै जाने, एक्लै बस्न प्रर्ने लगायत विभिन्न औषधिको साईड असरले गर्दा र उमेर बढ्दै गएपछि असुरक्षित महसुस हुने, विभिन्न प्रकारका तनाव, र उदासिनताको कारणले गर्दा डिप्रेसन हुनजान्छ ।

समाजमा जब मानिसहरू आफ्नो वृद्धावस्थामा स्वास्थ्य समस्यासँग जुध्दै अकेलिन महसुस गर्छन्, तब उनीहरूलाई साँचो मायाको, साँचो सेवाको आवश्यकता पर्छ यिनै आवश्यकता र अभावलाई सम्बोधन गर्नका लागि समर्पित भएर काम गरिरहेको छ, एजिङ लाइफ केयर होम । एउटा निजी तर निःस्वार्थ सेवा संस्था । यो होमले जेष्ठ नागरिकहरू, अल्जाइमर सम्बन्धी डिमेन्सिया, पार्किन्सन रोग, ब्रेन स्ट्रोक, ब्रेन हेमरेज, न्युरोपेथी लगायतका गम्भीर स्वास्थ्य समस्याबाट पीडित बिरामीहरूलाई लक्षित गरी स्थापना गरिएको हो । केयर होममा पीडितहरूलाई केवल उपचार मात्र होइन, माया, सम्मान र आत्मसम्मान सहित सम्पूर्ण हेरचाह प्रदान गरिन्छ ।


एजिङ लाइफ केयर होममा बिरामीहरूको लागि दैनिक हेरचाह, विशेष डाइट प्लान, निःशुल्क फिजिकल थेरापी, साइकोलोजिकल काउन्सिलिङ लगायतका सेवा उपलब्ध छन् । बिरामीहरूको शारीरिक स्वास्थ्य सुदृढीकरणसँगै मानसिक स्वास्थ्य सुधारमा पनि यथेष्ट ध्यान दिने गरेको छ । केयर होम सेवा प्रणाली वैज्ञानिक, व्यवस्थित र दयापूर्ण छ। बिरामीहरूलाई घरजस्तै वातावरणमा राखेर हेरचाह गरिन्छ, जसले उनीहरूलाई नयाँ आशा र जीवनीय ऊर्जा दिन्छ । विशेष गरी, बिपन्न र अति पीडित परिवारहरूका बिरामीहरूका लागि निःशुल्क खानपिन र सम्पूर्ण उपचारको व्यवस्था गरिएको छ, जुन आधुनिक समयको एउटा दुर्लभ उदाहरण हो । एजिङ लाइफ केयर होमले आफ्नो सेवा सञ्चालनका लागि कुनै बाह्य सहयोग वा दान स्वीकार गरेको छैन ।

एजिङ लाइफ केयर होमका सञ्चालक तथा निदेशक राजेन्द्र नेगीले आफ्नो व्यक्तिगत स्रोत–साधन र श्रमको भरमा मात्र यो सेवा केन्द्र सञ्चालन गर्दै आउनुभएको छ । उनले भने “सेवा नै धर्म हो भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्दै, कुनै व्यापारिक स्वार्थ वा प्रतिष्ठाको अपेक्षा बिना, ’कोही नभएका’ बिरामीहरूलाई आफ्नै परिवारका सदस्यझैँ माया र स्नेहका साथ हेरचाह गरिरहनुभएको छ । आजको व्यस्त र व्यावसायिक सोचले भरिएको समाजमा राजेन्द्र नेगीको यस्तो निःस्वार्थ सेवा भावनाले धेरैले राहत महशुस गरेका छन् । एजिङ लाइफ केयर होम केवल उपचार केन्द्र मात्र नभई, मानवताको एक आदर्श मन्दिर बनिरहेको छ ।

केयर होममा सेवा लिएका जेष्ठ नागरिक र गम्भीर बिरामीहरू आफूलाई तिरस्कृत वा बिर्सिएको नभएर समाजको सम्मानित अंग भएको अनुभूति गर्छन् । सञ्चालक राजेन्द्र नेगीको अथक सेवाले हाम्रो समाजमा आशा, करुणा र सहानुभूतिका नयाँ बीजारोपण गरिरहेको छ । जसको कारण समाजमा मानवता र सेवा संस्कृतिले निरन्तर पाउनु पर्छ । केयर होममा सञ्चालक एव निर्देशक राजेन्द्र नेगीले जहाँ सेवामा स्वार्थ रहँदैन, त्यहाँ भगवान् स्वयं बिरामीको हात समाएर बस्नुहुन्छ उनले भने । अन्तमा निःस्वार्थ समर्पण, अथक परिश्रम र अपार धैर्यले आज थुप्रै जेष्ठ नागरिक तथा गम्भीर बिरामीहरूलाई नयाँ जीवन दिएको छ एजिङ लाइफ केयर होमले । होम केयरका सञ्चालक राजेन्द्र नेगीको उदाहरणीय कार्यले हामी सबैलाई सेवा भावनामा निष्ठावान बन्ने प्रेरणा दिएको छ । राजेन्द्रले उत्कृष्ठ सेवा गरेपाबत नागरिक सम्मान लगायत दजनौ सम्मान पाएका छन् । लामो संघर्ष, चुनौती र कहिलेकाहीँ वित्तिय संकट नजिकको क्षणहरु पार गर्दै आएको राजेन्द्रको यो यात्रा दृढता र दूरदर्शी सोचको कारण अहिलेको सफलता प्राप्त गरेका छन् । राजेन्द्र आफ्नो सफलताको श्रेय परिवारको सामूहिक सहयोगलाई दिन्छन् । सादा जीवन, कडा परिश्रम र अपराजित मनोवलले भरिएको राजेन्द्र समाजसेवामा समेत उतिकै सक्रिय छन् ।

प्रस्तुति बिष्णु गिरी निश्चल

प्रतिक्रिया