भर्जिनियामा दशैं तिहार कप प्रतियोगिता हुँदै, बिजेतालाई ५ हजार डलर पुरस्कार

इनेप्लिज २०८० भदौ २१ गते १:४९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा दशैं तिहार कप अर्थात् लात्ते भकुण्डो(फुटबल)प्रतियोगिताको आयोजना गरिने भएको छ।

प्रतियोगिताको आयोजना भर्जिनियाको फेयरफ्याक्स युनाइटेड फुटबल क्लबले गर्ने भएको छ । उक्त लात्ते भकुण्डो (फुटबल ) प्रतियोगिताका बिजेतालाई ५,००० हजार डलर तथा उप-बिजेतालाई ३,००० डलर पुरस्कार प्रदान गरिने फेयरफ्याक्स युनाइटेड फुटबल क्लबका खेलाडी प्रतिक भुसालले ईनेप्लिलाई बताए ।

उक्त कार्यक्रम आगामी सेप्टेम्बर ३० देखि अक्टोबर १ सम्म संचालन हुनेछ । फेयरफ्याक्स युनाइटेड फुटबल क्लबका अनुसार उक्त पुरस्कार आगामी अक्टोबर १४ का दिन दशैं तिहार महोत्सवमा दशौ हजार दर्शकहरुमा बीचमा प्रदान गरिने छ ।

प्रतियोगिता ८ बिरुद्ध ८ को खेलटोलीहरु बीच प्रतियोगिता गराइने छ भने प्रतियोगिता हुने स्थलको बारेमा पछि जानकारी गराईनेछ । खेलमा सहभागी हुने खेल टोलीले दर्ता शुल्क ५०० डलर बुझाउनु पर्नेछ ।

कार्यक्रमको सौजन्यता अनेष्ट रियल स्टेट तथा एसटिम बिल्डर रहेका छन् । सम्पर्क गर्न चाहनेहरुले ८३३ -३३२९ -८८३ अथवा [email protected] मा सम्पर्क गर्न सक्नेछन ।

दर्ता खुला गरिएको छ भने दर्ता गर्न यस लिङ्क(कडी )मा थिच्नु होला :

https://www.eventeny.com/events/dashaintiharcup8v8footballtournament-7648/?fbclid=IwAR35XBMW8BtoO3x3-cRz9AX87_IDLVGbmnizBs_vAhMoQ2Mva_ZlQMt4I6o

प्रतिक्रिया