स्रष्टा साँझ अमेरिकामा बसन्त र राजुको जोडी

सुरेन उप्रेती पाँचथर हाल एडमण्टन क्यानडा २०८० भदौ १८ गते २०:३४ मा प्रकाशित

शनिवार ,सेप्टम्वर २ तारिक, २०२३का दिन नेपाली समय साँझ सात बजे र अमेरिकी केन्द्रिय समय
बिहान ८ बजे स्रष्टा साँझ अमेरिकाको रचना, सँगीत र स्वर कार्यक्रम सम्पन्न भयो । ई नेप्लिज डटकम र स्रष्टा
साँझ अमेरिकाको फेसबुकबाट प्रत्यक्ष प्रसारण भएको कार्यक्रममा गीतकार एवम् गीतकार सङ्घका अध्यक्ष
बसन्त वित्यासी थापा र बरिष्ठ सङ्गीतकार राजु सिँहको आतथ्यता रहेको थियो । नेपाली साँगीतिक क्षेत्रमा
रचनाकार ,सङ्गीतकार, गायक /गायीकाहरूको परिचय हराउँदै गएको छ । म्यूजिक भिडियोहरूले गर्दा
मोडलहरुको गीत हो भन्ने दर्शक र श्रोताहरुमा भ्रम पर्न थालेको छ । वास्तविक स्रष्टाहरुको पहिचान हराउँदै
गएको छ । सामाजिक सन्जालको व्यापकता सँगै फेसबुक, यूट्यूव, ईन्स्ट्राग्राम आदिमा गीतहरु अपलोड गरेको
पाइन्छ । ती अपलोड गरीएका गीत सङ्गीतहरूमा वास्तविक सर्जकको पहिचान र स्रोत खुलाईएको पाँईदैन ।
जसले गर्दा बरिष्ठ देखि कनिष्ठ सर्जकहरुको पहिचान हराएको अवस्था छ । नेपाली सङ्गीत क्षेत्रमा गरेको
योगदानको अवमुल्यन भएको छ । यसैकुरालाई ध्यानमा राखी स्रष्टा साँझ अमेरिकाले यो कार्यक्रमको थालनी
गरेको हो ।

नेपाली सँगीत क्षेत्रमा स्थापित बसन्त र राजुको साङ्गीतक जोडी, हाश्यकला क्षेत्रको स्थापित महजोडीझैँ एकसाथ निरन्तर बढ्दै छ । यो जोडीको सातौँ अल्वम प्रसवको क्रममा छ । बसन्त बित्यासी थापाले जन्माएका गीतहरुलाई जीवन्त सङ्गीत दिएर राजु सिँहले श्रोताको मनमा बस्न सफल बनाएका छन् । शब्द चयनमा माहिर बसन्तका गीतहरूका भावना अनुरूप र मर्मनुरूप सङ्गीत दिन सफलछन् राजु सिँह । हुन त बरिष्ठ बाध्यवाधक भगत सिँहको म्यूजिकलाई वाल्यकाल देखि नै मस्तिष्कमा कैद गर्दै हुर्किएका हुन राजु ।


उनलाई भारत र बेलायतका सँगीतालयको अध्ययनले अझ परिस्कृत हुने अवशर प्राप्त भयो । उनले गुलाम
अली. आशाभोसले. सोनु निगम .उद्धित नारायण. साधना सर्गम. दिप श्रेष्ठ. दिपक खरेल .रविन शर्मा .योगेश
बैध. मिरा राणा .रामकृष्ण ढकाल, यम बराल ,राजेशपायल राई, नविन के भट्टराई, अन्जु पन्त, उदय सोताङ
,आनन्द कार्की, प्रशान्त तामाङ, जगदिश समाल, सुगम पोख्रेल, शिव परियार आदि चर्चित गायकहरुका गीतमा
सँगीत भरेका छन् । बसन्त वित्यासी थापाका कोही छन् की माया गर्ने , शीत सँग ,धोका ,मैले टेक्ने जमिनमा ,
नजरको दोषी , रित्तो सडकमा , जस्ता चर्चित गीतहरु रहेका छन् ।


नेपाली गीतसङ्गीतका श्रष्ठाहरुको पहिचानलाई बचाई राख्न र अझ प्रोत्शाहित गर्न के गर्नु पर्ला भन्ने
जिज्ञाषामा गीतकार सङ्घका अध्यक्ष थापा भन्नु हुन्छ “ सबै सर्जकहरु सचेत हुन जरूरी छ । बाबुआमाले आफ्नो
सन्तानलाई जन्माएर हुर्काउन ध्यान दिए झै हामीले पनि आफ्ना श्रृजनाहरुक सम्रक्षण गर्न लागी पर्नु पर्छ ।
सस्थागत रूपमा एकताबद्ध भएर सँचार र सरकारलाई पनि हाम्रा आवाजहरु राख्नु पर्छ । गीतकारहरूले आफ्ना
सिर्जनाहरु मार्फत थुप्रै मानिसहरुलाई रोजगारी दिएको हुन्छ । राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा नेपाललाई चिनाउने
काम गरेको छ । सन्सारभरी नेपाललाई पुर्याउने काम गरेको छ । हामीले ती कुराहरु सरकारसङ्ग राखेका छौ ।
गीतकारहरुलाई सम्मानगर्ने कार्यको थालनी गरेका छौ । उपचार र स्वास्थ विमाका कुराहरुको शुरूवात गरेका
छौ । प्रतिलिपी ऐन लागु गरेर गीतकारहरुको अधिकार सुरक्षित गरिनु पर्छ भन्ने माग सरकार सङ्ग गरेका
छौ “

सगीतकार राजु सिँहले आफुले सङ्गीत भरेका गीतहरू गाएर सुनाउनु भएको थियो । कार्यक्रमका सहज
गर्ता द्धय सुनिता बस्नेत थापा र सुरेन उप्रेतीले दर्शक तथा श्रोताहरुका सन्देसहरू वाचन गरेर सुनाउनु भएको
थियो । आफ्नो व्यस्त समयमा सरिक हुनु भएको सँचालक सुनिता बस्नेतले अतिथिहरुलाई धन्यवाद दिनु भएको

थियो । गीत र सङ्गीतमा लाग्नलाई मिलेको प्रेरणा सङ्घर्ष र सफलताका कथाहरुलाई कार्यक्रममा समेटिएका
थिए ।

कार्यक्रमको परिचय दिएर सुरेन उप्रेतीले थालनी गरेको कार्यक्रमलाई स्वागत गर्दै कार्यक्रमको उधेश्यवारेमा
सुनिता बस्नेत थापाले प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया