अनेसास दिवस मनाइने

इनेप्लिज २०८० भदौ १८ गते ३:१३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्नो स्थापनाको दिन हरेक वर्ष जनवरी ११ का दिन विश्वभर विभिन्न कार्यक्रमका साथ अनेसास दिवस मनाउने निर्णय गरिएको छ ।

अनेसास स्थापनाका अवसरमा जनवरी ११, १९९१ मा ११ सदस्यीय विधान समिति गठन गरी विधिवत रूपमा अनेसास स्थापना गरिएको थियो । सो अनुरूप हरेक वर्ष जनवरी ११ का दिन अनेसास स्थापना दिवसको रूपमा मनाउने र सो अवसरमा केन्द्र तथा च्याप्टरहरुबाट विभिन्न कार्यक्रमको आयोजना गरी विश्वभरी नै अनेसास स्थापना दिवस भव्यरुपमा मनाउने निर्णय गरिएको छ ।

सो निर्णय हालै सम्पन्न अनेसास बोर्ड अफ ट्रष्टी र केन्द्रीय कार्यसमितिको संयुक्त बैठकमा गरिएको हो ।

प्रतिक्रिया