१ सेप्टेम्वर २०२३, न्युयोर्क अमेरीकाः
काउन्सिलमेन शेखर कृष्णनको संयोजकमा आज जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको अग्रसरतामा फाउन्डेशन लगायत ३ वटा संस्थाहरुको सकृय एवं संयुक्त सहयोगमा ७७ स्ट्रीट वुडसाईड ऐभिन्यु लगायत आसपासका क्षेत्रका विद्यालय जाने उमेरका वालवालिकालाई लक्षित गरी स्कुले झोला लगायत स्टेसनरी सामाग्रीहरु वितरण गरीयो।
प्रत्यक्ष रूपमा करीब ३७५ वालवालीकाहरू लाभान्वित भएको सो वितरण कार्यक्रमलाई आर्थिक एवं भौतीक रूपमा न्युयोर्क महानगर डिस्ट्रिक्ट २५ का काउन्सीलमेन शेखर कृष्णनन, एम्बलम्व हेल्थ परीवार, थाई कम्युनिटी यु एस ए र एच आई टि ऐन नामक संस्थाले सहयोग गरेका थिए।
नेपाली, वंगाली, भारतीय,पाकिस्तानी,भुटानी, वर्मेली ,चाईनीज, स्पेनीस, थाई लगायतका आप्रवासीहरूको बाक्लो उपस्थिति रहेको सो क्षेत्रका वालवालीकाहरू र तिन्का अभिभावकहरू शैक्षिक सामाग्री पाउँदा अत्यन्त खुशी थिए।
सो वितरण कार्यक्रमको शुभारम्भ गर्दै न्युयोर्क महानगर डिस्ट्रिक्ट २५ का काउन्सिलमेन शेखर कृष्णनले आफुले महानगर भित्र रहेका जुनसुकै समुदायमा रहेका जोसुकैलाई पनी यथासक्य सहयोग गर्ने बचनबद्दता प्रकट गर्दै आजको यो शैक्षिक सामाग्री वितरण पनी सानो सहयोगको हिस्सा भएको वताउनुभयो। वहाँले आफुले जिपी कोईराला फाउन्डेशन अमेरिका लगायत संस्थाहरूसँग विगतमा पनी सहकार्य गर्दै आएको र भविष्यमा पनी संगै अगाडी बढने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसैगरी सोही कार्यक्रममा सम्बोधन गर्दै फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेले आफुहरूले विगतमा झैं यसबर्ष पनी शैक्षिक सामाग्री वितरण गर्न पाउँदा गौरवान्वित भएको र समुदायमा समय अनुसारका माग र आवश्यकता परीपुर्ती गर्न फाउन्डेशन सधैं लागीपर्ने कुरामा जोड दिनुभयो।
सो कार्यक्रममा फाउन्डेसनका कार्यसमिती सदस्य एंव नायक स्वयंसेवक ध्रुव कुवॅंर क्षेत्री उपस्थित भै सहयोग र स्वयंसेवी भुमीका निर्वाहगर्नुभएको थियो। यसैगरी अन्य सहयोगी एवं दातृसंस्थाका प्रमुखहरूको समेत सो कार्यक्रममा सकृय सहभागिता रहेको थियो।
स्मरण रहोस विगत २ महिनादेखी गर्मीको विदामा रहेका विद्यालयहरू यही सेप्टेम्बरको पहिलो हप्तादेखी खुलेका छन् र वालवालीकाहरू लामो छुट्टीपछी पुनः उत्साहित हुँदै विद्यालय फर्कँदै छन।
प्रतिक्रिया