अमेरिकाको फिलाडेल्फियाबाट हत्याको अभियोगमा दोषी ठहरिएका कैदी फरार , १० हजार डलरको इनामको घोषणा

इनेप्लिज २०८० भदौ १६ गते ११:१२ मा प्रकाशित

अमेरिकाको फिलाडेल्फियाबाट हत्याको अभियोगमा दोषी ठहरिएका कैदी फरार रहेको दोश्रो दिन प्रहरीहरुले खोज तलास जारी राखेको सिबिएसन्यूजले जानएको छ ।

अमेरिकाको पेनसेलभेनिया राज्यको चर्चित शहर फिलाडेल्फिया चेस्टर काउन्टी कारागार (जेल)बाट भागेको दोस्रो दिन पनि फरार रहेका कैदी डेनेलो क्याभाल्कान्टको व्यापक खोजी जारी राखिएको छ ।

अत्यन्त खतरनाक हत्याराको खोजीमा सार्वजनिक रुपमा १०० भन्दा बढी प्रहरीले सूचनाहरू प्रहरीहरुले प्राप्त गरेका छन् । अन्वेषकहरूका अनुसार खतरनाक व्यक्तिले चेस्टर काउन्टीभन्दा बाहिर गएको देखाउने कुनै प्रमाण फेला पारेका छैनन ।

आपराधिक गतिविधिको कुनै पनि संकेतहरु जाँच्न तपाईहरुको आफ्नो कार(सवारी साधन) र घरभवन बाहिर जाँच गर्न राज्य प्रहरी प्रमुख बब वाग्नरले सबैलाई आग्रह गरेका छन ।

उनले केही संदिग्ध देखिएमा खबर गर्न र घरको अङ्कियदृश्य (भिडियो )जाँच गर्न अनुरोध गरेका छन् । म यो व्यक्ति धेरै खतरनाक छ भनेर दोहोर्याउन चाहन्छु ,उनले भने ।

चेस्टर काउन्टीको जिल्ला सरकारी वकिलको कार्यालयले सयौं प्रहरी अधिकारी क्याभलकान्टको खोजीमा परिचालन गरिएको बताएका छन् ।

“उनी स्थानीय रूपमा कतै लुकेका छन् र उनी एक्लै छन् भन्ने हामीलाई विश्वास छ। अमेरिकी मार्शलहरू यस खोजमा सक्रिय रूपमा संलग्न छन्,” चेस्टर काउन्टी जिल्ला न्यायधिवक्ता डेब रायनले शुक्रबार दिउँसो पत्रकार सम्मेलनमा भने।

फरार रहेका कैदी हत्याको मुद्दा गत महिना आजीवन कारावासको सजाय पाएका थिए । दोषी हत्याराको खोजी गर्न ७५९ वर्ग माइल सम्म खोज गरिने बताईएको छ । प्रहरीले उनको खोजीमा उदग्रबिमान (हेलिकप्टर )प्रयोग गरिरहेको छ ।

क्याभाल्कान्टलाई गत महिना आफ्नी पूर्व प्रेमिका डेबोराह ब्रान्डाओको निर्मम छुरा प्रहार गरी हत्या गरेकोमा निर्णायक मण्डलले दोषी ठहर गरेको थियो।

सन् २०२१ मा उनले आफ्ना छोराछोरीको अगाडि करिब तीन दर्जन पटक छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। उनी केही वर्षअघि ब्राजिलबाट फरार भएर अमेरिका आएका आएका थिए ।

उनी पोर्चुगाली ,स्पनेली र अङ्ग्रेजी भाषा बोल्ने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। उनलाई अन्तिम पटक साउथ वावासेट सडकमा हिँडिरहेको देखिएका थिए ।

प्रतिक्रिया