नेपाललाई पाकिस्तानको तीन सय ४३ रनको लक्ष्य

इनेप्लिज २०८० भदौ १३ गते १४:०९ मा प्रकाशित

काठमाडौं, बाबर आजम र इफ्तिखर अहमदले शतकी इनिङ्स खेलेपछि एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई जीतका लागि तीन सय ४३ रनको लक्ष्य दिएको छ ।

मुल्तान क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरका ६ विकेटको क्षतिमा तीन सय ४२ रन बनायो ।

पाकिस्तानका लागि बाबर र इफ्तिखरले शतकी पारी खेले । बाबरले एक सय ५१ र इफ्तिकरले एक सय नौ रन बनाए । बाबरले एक सय ३१ बलमा १४ चौका चार छक्काको सहयोगमा उक्त रन बनाएका थिए ।

इफ्तिखरले ७१ बलमा ११ चौका चार छक्काको सहयोगमा उक्त रन जोडे । मोहम्मद रिजवानले ४४, फखार जमानले १४ रन बनाए ।

इमाम उल हक र अघा सलमान पाँच पाँच रनमा आउट भए । बलिङमा नेपालका सोमपाल कामीले दुई विकेट लिए । करण केसी र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

प्रतिक्रिया