बाल्टिमोरमा म्याग्दी समाजको बनभोजमा एक हजार नेपाली

इनेप्लिज २०८० भदौ ११ गते ११:०८ मा प्रकाशित

ईनेप्लीज
२८ अगस्ट २०२३

वाशिंगटन डिसी – यही अगस्ट २७ तारिख आईतबारका दिन अमेरिकाको बाल्टिमोरमा आयोजित म्याग्दी समाजको बनभोजमा एक हजार ? बढी नेपालीहरु सहभागी भए ।

बिगत: २० बर्ष देखी नै म्याग्दी समाजले आयोजना गर्ने गरेको ग्रिष्मकालिन बनभोजमा हरेक बर्ष करिब एक हजार नेपालीहरु सहभागी हुने गरेका छन् । अमेरिकामा सबैभन्दा पहिला पन्चे बाजा बजाउने यी म्याग्दीबासीहरुको यो बर्षको बनभोजमा पनी बेनी म्याग्दी देखी नै ल्याईएको ” नौमती पन्चे बाजा ” मुख्य आकर्षण थियो । पुरुष , महिलाहरुको समुह समुह नै नौमती पन्चे बाजामा बसी , उफ्री नाचेको एकदमै रमाईलो र आकर्षक देखिन्थ्यो । आन्द्र महासागरको छेउमा अमृत रामदाम् ( पुलाचौर ) र रमेश कार्की ( घतान ) लगायतको टोलीले ” नौमती पन्चे बाजा” घन्काएका थिए।

पश्चिमाञ्चल क्षेत्र म्याग्दी बाग्लुङ्ग तिरको गाउँ घरमा खेलिने परम्परागत खेल गिर ……. गिर ……. दगुर्दै ठेलो फ्याँक्ने ठेलो प्रतियोगिता , पुरुष महिलाको अलग अलग लठो तान्ने खेल , भलिबल प्रतियोगिता , राफल चिठ्ठा सबै आकर्षक थिए । आयोजक: म्याग्दी समाजका अध्यक्ष अर्जुन शाही ( राखु ) र निबर्तमान अध्यक्ष ईन्द्र बहादुर थापा ( सिङ्गा बांस्कुना ) लगायतका अध्यक्षहरुको समुहले पेन्सिल्भानिया राज्यको जंगल मै पुगेर ल्याएको पाँच वोटा खसीको मासु एकदमै स्वादिस्ट थियो । साथै, तन्दुरी चिकन , पोर्क र बँदेलको मासुको नेपाली बार बि० क्यु० र कोरियन बार बि० क्यु० बहुतै स्वादिस्ट भएकोले पुरुषहरुको साथै म्याग्देली महिलाहरु समेत मुखै रसाउने एकदमै स्वादिस्ट बार बि० क्यु० मासु संग दारु पानीमा जमेको देखिन्थ्यो ।

अलग्गै टेन्टमा रेस्टुरेन्ट जस्तै खोलिएको ” बार ” तिर पो दिनभरी दिनभरी भिड लागेको थियो – ” बार ” मा . पुरुषहरुको साथै , म्याग्दीका मगर महिलाहरु र दर्बांग , रातोढुंगा , रुम , बेनीबजारका थकाल्नीहरु स्वादिस्ट बार बि० क्यु० मासु संग कोरोना बियरमा जमेको हेर्दै आकर्षक देखिन्थ्यो ।

बाल्टिमोर शहरमा म्याग्दीबासीहरुद्वारा संचालित ब्युटी पार्लर , इन्स्योरेन्स र घिमिरे होम्सको स्टलहरुको साथै सुन पसल , कुर्था र साडी बजार आकर्षक थिए । २०४० सालमा पंचायती ब्यबस्थाको बिरोधमा लागेको आरोपमा हाल: का रास्ट्रिय योजना आयोगका उपाध्यक्ष ( राज्यमन्त्री सरह ) म्याग्दीबासी डा० मिन बहादुर श्रेष्ठ र खेम भट्टचन दुई जनालाई पक्रेर बेनी बजारको ” प्रहरी थाना ” मा थुनेकी तत्कालिन म्याग्दी जिल्लाका निमित्त सि० डि० ओ० मिठु श्रेष्ठ पनि चालिस बर्ष पछी म्याग्दी बनभोजमा सहभागी थिईन् ।

संसारको उनान्तिस २९ राष्ट्रमा च्याप्टरहरु भएको म्याग्दीबासीहरुको अन्तरास्ट्रिय संजाल ” मोना ” का अध्यक्ष अमर छन्त्याल ( गुर्जा ) ले पन्चे बाजाको पहिलो नृत्य नाचेर उद् घाटन गरेपछी म्याग्दीबासीहरु नौमती पन्चे बाजामा जम्नु जमे , खाए , पिए – नाचे , गाए – रमाईलो गरे ।

प्रतिक्रिया