कस्तो थियोे ?

पेचकुमार सुनुवार (शितल) २०८० भदौ १० गते ०:१० मा प्रकाशित

कस्तो थियो कस्तो भयो
एक चोटी आफैलाई हेर
न्याय खोज्दै हिड्ने मान्छे
न्यायको कहाँ गए कुरा ।१।
सामन्तीको नारा घन्काउने तिमि
कहाँ छौ आजभोलि कुन्नि
देखे पनि नदेखे झै गर्दै
छिरछौ संसद भवन मुनि ।२।
समृद्धि बन्ने सपना बाडयो
साकार आफै मात्र भयो
खोक्रो राष्ट्रियबादको भाषण गर्दै
आज भोलि खै कहाँ गयो ? ।३।
भन्थियो पहिले सबै संमान
छैनन कोहि सानो ठुलो
देखिन्न अहिले सबै समान
देख्छु खाडल ठुलोठुलो ।४।
विविधताको एकतालाई
बिखन्डन तिर ढकेलियो
भाई भाईको लडाई गराएर
सत्ता लुछ्याचुडि तिर लाग्यो ।५।
पार्टी फेर्‍यो तिमिले
बानी फेरिएको छैन रहेछ
गाडी फेर्‍यो तिमिले
सडकको मुहार उस्तै रहेछ ।६।
परिवारकै लागि मात्र राजनीति
गर्छौं कति ? पुगेनर सम्पति ?
देख्छु आज भोलि पत्रीकामा
चारैतिर तिमिहरु कै दम्पती ।७।
माथी मात्र मिल्छौ कति
समाजलाई नि मिलाउने गर
मिलेमतो गरेर खन्छौ कति
समृद्धि नेपालको सपना पुरा गर । ८।

पेचकुमार सुनुवार (शितल)

प्रतिक्रिया