अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भवन समिति गठन

इनेप्लिज २०८० भदौ ९ गते २२:१२ मा प्रकाशित

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भवन खरिद एवं निर्माणका लागि अनेसास भवन समिति गठन गरिएको छ ।

अनेसासका संस्थापक सदस्य, पूर्व अध्यक्ष तथा वर्तमानमा बोर्ड अफ ट्रष्टीका सल्लाहकार पुरू सुवेदीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिमा उपसंयोजकमा बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा तथा केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा , सचिवहरूमा बोर्ड अफ ट्रष्टीका महासचिव प्रकाश नेपाल र केन्द्रीय महासचिव विमला निरौला, कोषाध्यक्षहरूमा निजानन्द मल्ल, केन्द्रीय कोषाध्यक्ष र बोर्ड अफ ट्रष्टीका कोषाध्यक्ष, सदस्यहरूमा वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, बोर्ड अफ ट्रष्टीका उपसभापति द्वय विष्णुप्रसाद घिमिरे र तीर्थराज पाण्डेय, अनेसास डिसी च्याप्टरका अध्यक्ष पुष्कर पन्त, अनेसास मेरिल्याण्ड च्याप्टर अध्यक्ष पूजा चन्द तथा अनेसास डिसी च्याप्टरका उपाध्यक्ष कविन्द्र सिटौला सदस्य रहने १३ सदस्यीय भवन समिति गठन गरिएको छ ।

साथै अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, निवर्तमान अध्यक्ष गीता खत्री, निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश पौडेल “माइला, बोर्ड अफ ट्रष्टीका पूर्व अध्यक्ष डा. श्याम कार्की, बोर्ड अफ ट्रष्टीका, बोर्ड अफ ट्रष्टीका सल्लाहकारद्वय रोहिणी शर्मा र तीर्थराज अधिकारी, केन्द्रीयकार्यसमितिका सल्लाहकार भारती गौतम, र मोहन सिटौला भएको सल्लाहकार समिति गठन गरिएको छ ।

उक्त निर्णय हालै सम्पन्न बोर्ड अफ ट्रष्टी र केन्द्रीय कार्यसमितिको संयुक्त बैठकमा गरिएको हो ।

प्रतिक्रिया