फिफाद्वारा स्पानेली लात्ते भकुण्डो महासंघका अध्यक्षलाई आचरण र अनावश्यक चुम्बन गरेको भन्दै निलम्बन

इनेप्लिज २०८० भदौ ९ गते १५:२९ मा प्रकाशित

फिफाले स्पानेली लात्ते भकुण्डो (स्पेनिस फुटबल )महासंघका अध्यक्षलाई आचरण र अनावश्यक चुम्बन गरेको भन्दै निलम्बन गरेको छ ।

फिफाले शनिबार महासंघका अध्यक्ष लुइस रुबियल्सलाई निलम्बन गरेको छ । तर यता एक समितिले बिश्व महिला लात्ते भकुण्डोको अन्तिम चरण (विश्वकप फाइनल)मा खेलाडीको ओठमा चुम्बन सहितको व्यवहारको छानबिन गरिरहेको छ।

रुबियल्सले शुक्रबारको आपतकालीन बैठकमा आफ्नो पदबाट राजीनामा दिन अस्वीकार गरेका थिए । स्पेन सरकार, खेलाडी, लात्ते भकुण्डो क्लब( फुटबल क्लब) र अधिकारीहरूको कडा दबाबमा उनी छाड्ने अपेक्षा गरिएको थियो।

इंग्ल्याण्डलाई १–० ले हराउँदै स्पेनले विश्वकपको उपाधि जीत हासिल गरेको थियो । “फिफाले सबै व्यक्तिहरूको अखण्डताको सम्मान गर्न आफ्नो पूर्ण प्रतिबद्धतालाई दोहोर्याउँदछ र त्यसैले विपरित कुनै पनि व्यवहारको कडा निन्दा गर्दछ,” संगठनले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

रुबियल्सलाई जेनिफर हर्मोसोसँग सम्पर्क गर्न पनि निषेध गरिएको छ । बिहीबार उनी विरुद्ध “अनुशासनात्मक कारबाही खोलिएको विचाराधीन” ९० दिनको लागि लात्ते भकुण्डो कर्तव्यबाट हटाइएको छ ।

“फिफा अनुशासन समितिले अन्तिम निर्णय नभएसम्म यी अनुशासनात्मक कार्यवाहीको बारेमा थप जानकारी प्रदान गर्दैन,” फिफाले बिज्ञप्तिमा जनाएको छ ।

यस घटनाले विश्वभरका खेलाडीहरूसँग व्यापक आक्रोश पोखेका थिए जसले रुबियल्सको व्यवहारको निन्दा गरेका थिए।

प्रतिक्रिया