रुसले क्राइमियामा ४० भन्दा बढी युक्रेनी मानवरहित यान नष्ट गरेको दाबि

इनेप्लिज २०८० भदौ ८ गते ११:३३ मा प्रकाशित

रुसले क्राइमियामा ४० भन्दा बढी युक्रेनी मानव रहित यान (ड्रोन) नष्ट गरेको रक्षा मन्त्रालयले जनाएको छ । रुसी वायु प्रतिरक्षाले शुक्रबार बिहान क्राइमिया प्रायद्वीपमा ४२ वटा युक्रेनी मानवरहित यानहरू नष्ट गरेको रूसी रक्षा मन्त्रालयले टेलिग्राममा जनाएको छ ।

नौ वटा मानवरहित यान खसालेका थिए ,अन्य ३३ लाई बिधुतिय युद्ध उपकरणहरू द्वारा निस्क्रिय गरिएको थियो र उनीहरू लक्ष्यमा पुग्न अगाडी नै दुर्घटनाग्रस्त भयो, मन्त्रालयले बिज्ञप्तिमा जनाएको छ ।

राती कीभ शासनद्वारा रूसी संघ क्षेत्रमा मानव रहित हवाई वाहनहरुको उपयोग गरेर आतंकवादी हमलाहरुको लागी एक प्रयास विफल भएको छ, मन्त्रालयको टेलिग्राममा सन्देश प्रकाशित गरिएको छ ।

यस बिषयमा युक्रेनले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

प्रतिक्रिया