डेलावर निवासी नेपाली चेली द्वारा प्राचीन हिन्दु सभ्यताको नृत्य प्रदर्शन

इनेप्लिज २०८० भदौ ७ गते २३:०४ मा प्रकाशित

अगष्ट १२, डेलावर , मिडिल्टाउन निवासी निलु झा खतिवडा तथा उमेश खतिवडा कि सुपुत्री देब्यान्शी शर्मा द्वारा झन्डै तीन हजार बर्ष पुरानो हिन्दु परम्पारिक नृत्यकोर्ष Bharatnatyam Arengetram पुरा गरि प्रमाण पत्र प्राप्त गरेकी छिन। प्रमाण पत्र बितरण भब्य कार्यक्रमका साथ सम्पन्न भएको थियो ।

कार्यक्रम अबधी भर उनले ८ बिधामा Live orchestra band का साथमा नृत्य प्रस्तुत गरेकी थिइन ।कार्यक्रम ६ घन्टा सम्म चलेको थियो ।

सो अवसरमा उनलाई शुभकामना तथा आशिर्वाद दिन अमेरिकाका विभिन्न शहरहरु क्यालिफोर्निया ,टेक्सस, फ्लोरिडा, इलिनिओस, न्युयोर्क,पेन्सिल्भानिय,भर्जिनिया,न्युजर्सी, मेरिल्यान्ड र डेलावर साथै नेपाल् र बेलायत बाट सम्म आफन्त र साथीभाइ हरुको ठुलो समूह जम्मा भयेको थियो ।

देब्यान्शी शर्मा ६ बर्ष को उमेर देखिनै नृत्य सिक्दै आएकी छिन् र अह्ले १६ बर्षको उमेरमा पुरै कोर्श पूरा गरेकि छिन।

उनले बिदेशमा रहेर पनि हिन्दु सभ्यता, सस्कृती र परम्परा लाई कसरी निरन्तरता दिन सकिन्छ भनेर युवा पिडिलाइ राम्रो उदाहरण दिएकी छिन।

यस Bharatnatyam Arengetram बिधामा प्रमाणपत्र प्राप्त गर्ने उनी डेलावरमा रहेका नेपाली समुदायमा सम्भबत एक्लि हुन र अब उनी व्यब सायिक रुपमै यस बिधा मा नृत्य सिकाउन सक्ने भएकी छिन ।

यश Bharatnatyam को एकल प्रस्तुति सम्पन्न गरि प्रमाणपत्र पाउन सफल हुनुहुने छोरी देब्यान्शी शर्मा लाई इनेप्लिजको तर्फबाट पनि बधाई तथा शुभकामना छ।

कार्यक्रम यहि अगस्ट १२ मा डेलावर स्थित हिन्दु मन्दिरमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया