अनेसास नवरत्न पुरस्कार समिति गठन

इनेप्लिज २०८० भदौ ७ गते २२:०७ मा प्रकाशित

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्य, कला, संस्कृति र समाजका विविध पाटोमा उल्लेख्य योगदान पुर्याउने ९ जना महिलालाई सम्मान गर्न समिति गठन गरेको छ । केन्द्रीय कार्यसमिति सदस्य तारा अधिकारीको संयोजकत्वमा गठित उक्त समितिमा पुनम काफ्ले र गोमा न्यौपाने सदस्य रहेका छन् । समितिले एक महिना भित्र ९ जना महिलाको नाम सिफारिस गर्नेछ । सिफारिसका आधारमा नगद २ सय डलर र सम्मान-पत्रसहितको नवरत्न पुरस्कार प्रदान गरिने छ । हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया