लस एन्जेलस क्षेत्रमा गोली चल्दा १९ बर्षिय यूवती अपहरणमा

इनेप्लिज २०८० भदौ ५ गते १४:१० मा प्रकाशित

लस एन्जेलस क्षेत्रमा गोली चल्दा १९ बर्षिय यूवती अपहरणमा परेकी उनका परिवारले बताएका छन ।

उनि गोली चल्दा चल्दै उनको सवारी साधनबाटै अपहरणमा परेकी प्रहरीले जनाएका छन।

लस एन्जलस काउन्टी शहर ह्विटियरमा रहेको एउटा परिवारले आइतवार बिहानको गोलीकाण्डमा अपहरणमा परेकी १९ वर्षीया एन्ड्रिया भास्केज फर्कने अपेक्षा गरेको लस एन्जेलस प्रहरी बिभागले जनाएको छ ।

भास्क्वेजलाई अन्तिम पटक मध्यरात पछि पेन पार्कको सवारी साधन अड्डा(पार्किङ)मा देखिएको थियो।

उनी आफ्नो प्रेमीसँग गाडीमा भएको समयमा एक सशस्त्र संदिग्ध आएको र उनीहरूको दिशामा गोली चलाउन थालेका थिए ।

पुरुष साक्षी घटनास्थलबाट दौडे र फर्किएपछि उनको गाडी नजिकै रगत भेटिएको र महिला साथी हराएको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया