हवाइको माउई टापूको जङ्गलमा लागेको आगलागी पछि ८५० जना अझै बेपत्ता रहेको नगर प्रमुखले बताएका छन् ।
सोमबार बिहानसम्म घातक लैहाइना जङ्गलमा लागेको डढेलो पछि ८५० जना अझै बेपत्ताको रूपमा सूचीबद्ध गरिएको सिविएसन्यूजले जनाएको छ ।
सामाजिक सञ्जालमा प्रकाशन गरिएको एक अङ्किय दृश्य( भिडियो)मा माउई काउन्टीका नगर प्रमुख रिचर्ड बिसेनले ११४ जनाको मृत्यु भएको पुष्टि भएको बताए ।
२७ जनाको पहिचान भइसकेको छ भने ११ परिवारलाई सूचित गरिएको छ ।
बिसेनले ८०० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन तर त्यो सूचीमा एक पटक २,००० जनाको नामहरू रहेको समेत उनले स्मरण गराए ।
प्रतिक्रिया