क्यालिफोर्नियामा आएको समुन्द्री आँधी हिलारीबाट ४ करोड मानिस प्रभावित ,लस एन्जलस लगायतमा कीर्तिमानी वर्षा

इनेप्लिज २०८० भदौ ४ गते ११:०० मा प्रकाशित

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा आएको समुन्द्री आँधी हिलारीबाट ४ करोड मानिस प्रभावित भएका छन् । स्यान डिएगोमा नदीको किनारबाट ९ जनाको उद्धार गरिएको छ भने हिलारीले १९९७ पछि नोरा नामक समुन्द्री आंधी पछि पछि यस क्षेत्रलाई प्रभावित पारेको छ ।

श्रेणी ४ अर्थात् क्याटगोरी फोर आएको हिलारी समुद्री आंधी भएता पनि अहिले कमजोर भै पश्चिमी तटमा अवतरण गरेको छ । दक्षिणी क्यालिफोर्निया र एरिजोना देखि ओरेगन र आइडाहो सम्म वर्षा र बाढीहरू अहिले सम्म प्रभावकारी रहेको एबिसीन्यूजले जनाएको छ ।

दक्षिणी क्यालिफोर्नियाका हजारौं ग्राहकहरू मध्यरातमा बिजुलीविहीन बस्न बाध्य भएका छन् भने सान बर्नार्डिनो काउन्टीमा सबैभन्दा धेरै बिजुली बिच्छेद भएको छ।

दक्षिणमा रिभरसाइड काउन्टीमा ७,६०० संगै इनल्याण्ड काउन्टीमा लगभग १४,००० ग्राहकहरू बिजुलीविहीन रहेका छन् ।

त्यस्तै गरि लस एन्जलसमा लगभग ३,७०० ग्राहकहरू अझै पनि बिजुलीविहीन भएको एबिसीन्यूजले उल्लेख गरेको छ । लस एन्जलसमा दैनिक १.५३ इन्चको वर्षाको अभिलेख कायम गरिएको छ भने जुन १९०६ मा अभिलेख गरिएको थियो । यसले ०.०३ इन्चको पुरानो किर्तिमान तोडेको छ ।

यस्तै गरि लङ बिचमा १.५६ इन्च वर्षा पछि आइतबार दैनिक किर्तिमान तोडेको छ । अघिल्लो कीर्तिमान सन् २००२ मा स्थापित भएको थियो।

यसै गरि पामडेल विमानस्थलमा आइतबार २ दशमलव ९५ इन्च पानी परेपछि दैनिक कीर्तिमान तोडेको छ । यसले सन् १९३४ मा स्थापित ०.०५ इन्चको पुरानो कीर्तिमान तोडेको छ।

प्रतिक्रिया