सेन्ट लुइस मिजौरी, अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा अगस्ट १९ तारिखका , २०२३ कादिन बनभोज र साहित्यिक बार्षीक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता साथै सञ्चालन मिजौरीच्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले गर्नु भएको थियो ।
कार्यक्रम राष्ट्रिय गानबाट शुरू भएको थियो।
कार्यक्रममा उपस्थित बिभीन्न साहित्यकारहरूले आ-आफ्नो रचनाहरू पाठ गरी कार्यक्रम निकै रोचक बनाएका थिए ।
उपस्थित सहभागीहरूलाई सम्बोधन गर्दै मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले “प्रवासमा नेपाली साहित्यको प्रबर्धन , संबर्धन , संरक्षण, बिस्तार र यसलाई दोश्रो पुस्तामा हस्तान्तरण सहजीकरण गर्नुनै हामी सबको एकमात्र चाहना र अनि एउटै दायीत्व “ जस्ताकुराको महत्वमा प्रकाश पार्नुभयो ।
“नेपाली भाषाको जगेर्ना र नेपाली पहिचान बचाउने” उदेस्यले सञ्चालित यस्ता कार्यक्रमहरू अनेसास मिजौरी च्याप्टरबाट निरन्तरकोशी़श जारी हुने समेत कुराको सबैमा सहर्ष जानकारी गराउँदै उपस्थित सहभागीहरूलाई मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीलेधन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमको अन्तमा बनभोजको र नाच गानको पनि ब्यवस्था गरिएको थियो । कार्यक्रममा बाक्लो सहभागिता हुनुको साथै कार्यक्रमकरिव ४ घन्टासम्म लगातार अति नै रोचक रूपले चलेको थियो।
प्रतिक्रिया