देविका केसी तथा बिमल डाँगीको साथमा नायग्रा बफेलोमा तीज उत्सव मनाइदै

इनेप्लिज २०८० भदौ ४ गते ०:४४ मा प्रकाशित

अमेरिकाको न्यूयोर्क राज्यको बफेलो शहरमा चर्चित गायिका देविका केसी तथा बिमल डाँगीको साथमा भव्य तीज उत्सव मनाइने भएको छ ।

हालसालै स्थापना भएको नेप्लिज कम्युनिटी अफ बफेल्लो नायग्राको आयोजनामा पहिलो पटक हुन् लागेको हो । आगामी सेप्टेम्बर ९ शनिबारका दिन नायग्रा बफेलोमा दिउसो ४ बजे देखि राती १० बजे सम्म उत्सव मनाइने संस्थाका अध्यक्ष बिष्णु काप्रीले ईनेप्लिजलाई बताए ।

साथै सहभागिता शुल्क केवल २५ डलर राखिएको छ भने १० बर्ष भन्दा मुनीका बालबालिकालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको लोकनाथ अधिकारीले भने । अधिकारीले हामी बिचको सदभाव, आत्मियता र एकता अभिवृद्धि गरौ भन्दै सबैलाई चूलो निम्तो ईनेप्लिज मार्फत दिएका छन् ।

कार्यक्रमको बारेमा बिस्तृत जानकारी लिन बिष्णु काप्री,लोकनाथ अधिकारी,सुरेन्द्र बास्तोला,प्रमेश गिरी तथा इना गौतमलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन् ।

कार्यक्रम 533 Amherst ST,BUFFALO,NY 14207 मा हुनेछ भने कार्यक्रमको ४ बजे दिउसो देखि राती १० बजे सम्म संचालन हुनेछ ।

प्रतिक्रिया