३ भाद्र २०८०, काठमाडौं
यश्वस्वी प्रज्ञा प्रतिष्ठानले विसं २०७९ सालमा प्रकाशित विभिन्न बिधाका १० पुस्तकलाई “यश्वस्वी पुस्तक अवार्ड” प्रदान गर्ने निर्णय गरेको कुरा प्रतिष्ठानका अध्यक्ष रञ्जना निरौला हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ ।
बिज्ञप्ति अनुसार नेपाली भाषाका ८ आख्यानमा बिबेक ओझाको “ऐंठन”, गैर आख्यानमा डा. नवराज केसीको “शून्यको मूल्य”, कथामा रेणुका जिसीको “सनेस”, कवितामा डा. महेन्द्र कुमार मल्लको “भाषाको बकपत्र”, जीवनीमा गोविन्द गिरी प्रेरणाको “सुश्री पारिजात”, वाल साहित्यमा अनुराधाको “छमछमको छमछमी”, अनुवाद,ा रिमा केसीको “अमृता प्रितमका छानिएका कविताहरु”, खाद्य तथा औषधीमा नारायण घिमिरेको “रैथाने चाडबाड र खानपान” रहेका छन् ।
त्यसैगरी अङ्ग्रेजी भाषाको संस्मरण लाक्पा डेण्डी शेर्पाको “हिमालयन मेवरिक” तथा सुषान्त थापाको कविता सङ्ग्रह “मिनट्स अफ मेरिट” रहेका छ् ।
बिज्ञप्तिमा जनाए अनुसार यी अवार्डहरु आगामि भदौ १५ गते कलिङ साहित्य महोत्सवका अवसरमा समर्पण गरिनेछ ।
प्रतिक्रिया