संसद्को गतिरोध अन्त्यका लागि सात दलका शीर्ष नेतासँग छलफल गर्दै प्रधानमन्त्री दाहाल

इनेप्लिज २०८० भदौ ३ गते ६:४८ मा प्रकाशित

काठमाडौं, संसद्को गतिरोध अन्त्यका लागि राष्ट्रिय मान्यताप्राप्त पार्टीका शीर्ष नेताहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल गर्ने भएका छन् ।

आज (आइतबार) दिउँसो साढे १२ बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने भएका हुन् ।

संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्री दाहालले राष्ट्रिय मान्यताप्राप्त पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

गत निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले),  नेकपा (माओवादी केन्द्र),  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय मान्यताप्राप्त पार्टी बनेका छन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया