काठमाडौ, समाजवादी मोर्चाको बैठक आज बस्दैछ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आज साँझ बस्ने बैठकमा मोर्चामा आबद्ध चार दलका शीर्ष नेताले सरकारका गतिविधिको विषयमा छलफल गर्नेछन् ।
यस्तै, बैठकमा समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।
मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् ।
मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । मोर्चाको नेतृत्व अहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरिरहेका छन् ।
प्रतिक्रिया