गत सोमबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अभियोग लगाउन मतदान गर्ने फुल्टन काउन्टी बृहत निर्णायक मण्डल (ग्रान्ड जूरी)का सदस्यहरूले उनीहरूको व्यक्तिगत जानकारी बिधुतिय रुपमा (अनलाइन) सांझा हुन थालेपछि धम्कीको सामना गरिरहेका एक अधिकारीहरूले बिहीबार बताए ।
ट्रम्प र अन्य १८ जनालाई सोमबार बृहत निर्णायक मण्डल (ग्रान्ड ज्युरी)ले अभियोग लगाएको थियो।
“फुल्टन काउन्टी शेरिफको कार्यालयलाई थाहा छ कि फुल्टन काउन्टी निर्णायक मण्डल (ग्रान्ड जूरी)का सदस्यहरूको व्यक्तिगत जानकारी विभिन्न मन्च (प्लेटफर्म)हरूमा साझा गरिएको छ,” शेरिफको कार्यालयले बिहीबार एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
“फुल्टन काउन्टी र अन्य क्षेत्राधिकारहरूमा खतराहरूको उत्पत्ति पत्ता लगाउन प्रमुख सँस्था (एजेन्सी)को रूपमा, हाम्रा अन्वेषकहरूले स्थानीय, राज्य र संघीय कानून प्रवर्तन सँस्था (एजेन्सी)हरूसँग मिलेर काम गरिरहेका छन् ” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“हामी यो विषयलाई धेरै गम्भीरताका साथ लिन्छौं र कुनै पनि विश्वसनीय खतरालाई तुरुन्तै प्रतिक्रिया दिन र आफ्नो नागरिक कर्तव्य पूरा गर्ने व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्न हाम्रा कानून प्रवर्तन साझेदारहरूसँग समन्वय गर्दैछौं,” विज्ञप्तिमा भनिएको छ।
जर्जिया कानूनद्वारा आवश्यक अनुसार बृहत निर्णायक मण्डल (ग्रान्ड जूरी)हरूको नाम निर्णायक मण्डल (ग्रान्ड जूरी )प्रक्रियाको भागको रूपमा जिल्ला वकीलको कार्यालयद्वारा सार्वजनिक गरिएको थियो।
हालैका दिनहरूमा जानकारी साङ्गणिक(अनलाइन )प्रसारित भइरहेको छ भनि एबिसीन्यूजले जनाएको छ ।
“एफबीआई एटलान्टा फुल्टन काउन्टीका अधिकारीहरू विरुद्धको हिंसाको धम्कीबाट सचेत छ र फुल्टन काउन्टी शेरिफको कार्यालयसँग काम गरिरहेको छ, एफबीआई एटलान्टाका प्रवक्ता टोनी थोमसले एक विज्ञप्तिमा भने।
“राज्य र/वा संघीय कानूनको उल्लङ्घन गरी धम्की दिने जिम्मेवार व्यक्तिहरूलाई कारबाही गरिनेछ,” एफबीआईको विज्ञप्तिमा भनिएको छ।
ट्रम्प र अन्य १८ जनालाई सोमबार जर्जिया राज्यमा सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा उल्ट्याउन प्रयास गरेको आरोपमा “आपराधिक उद्यम” को अभियोग लगाइएको थियो।
पूर्व राष्ट्रपतिले आफ्नो कार्य गैरकानूनी नभएको र अनुसन्धान राजनीतिक प्रेरित भएको बताएका छन् ।
प्रतिक्रिया