पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरू र फुल्टन काउन्टी जिल्ला अधिवक्ता फानी विलिसको कार्यालय बीचको वार्ता भएको र उनको आत्मसमर्पणको विवरणमा अर्को हप्ता जारी रहने अपेक्षा गरिएको वार्ताको जानकार एक स्रोतले सीएनएनलाई बताएको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
अर्थात पूर्व राष्ट्रपतिको आत्मसमर्पण अर्को हप्ता बिहीबार वा शुक्रबार अगस्त २५ को समयसीमा अघि हुने अपेक्षा गरिएको छ ।
सीएनएनले यसअघि गत बुधबार यस बारे ट्र्म्प टोली र विलिसका अभियोजकहरू बीच वार्ता भइरहेको जनाएको थियो ।
फुल्टन काउन्टी शेरिफका अनुसार ट्रम्प सहित सबै १९ प्रतिवादीहरूले फुल्टन काउन्टी जेल( कारागार) आत्मसमर्पण गर्ने अपेक्षा गरिएको छ ।
पूर्व राष्ट्रपतिको आत्मसमर्पण र अभियोग जर्जियामा उनका अघिल्ला तीन आपराधिक मुद्दाहरू भन्दा फरक देखिन्छ।
प्रतिक्रिया