अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चौथो पटक आपराधिक रूपमा चुनाव उल्टाउन “आपराधिक उद्यम” को प्रमुख भएको आरोप भएता पनि रिपब्लिकन उम्मेद्वारमा सबै भन्दा अगाडी रहेका छन । आगामी अर्को हप्ता देखि हुने रिपब्लिकन दलका राष्ट्रपतिका उम्मेदवार भन्दा उनि सशक्त उम्मेदवार कायम गर्न सकेका छन् ।
उनि अरु उम्मेदवार भन्दा दोब्बर र तेब्बर अंकमा अगाडी रहेको सर्वेक्षणमा देखिएको छ । ट्रम्पलाई रिपब्लिकनबीच बलियो समर्थन छ। तर अझै एक बर्ष पछि निर्वाचन अर्थात् २०२४ को नोभेम्बरमा आम निर्वाचन हुनछ । अमेरिकी इतिहासमा अहिले सम्म कै सर्वाधिक विवाद,झमेला ,मुद्धा मामिला,आरोप ,अभियोग जताततै विवादको भुमरीमा अल्झिएता पनि उनलाई अमेरिकी जनता त्यसमा पनि रिपब्लिकन दलको व्यापक समर्थन रहेको छ ।
अन्य १८ जना सहित ट्रम्पलाई चौथो पटक आपराधिक रूपमा चुनाव उल्टाउन “आपराधिक उद्यम” को प्रमुख भएको आरोप लगाईएको छ । तर पनि जनतामा उनि प्रति बिसेष गरि रिपब्लिकन दल र मतदाताहरुलाई यसको कुनै सरोकार छैन । उनलाई फेरी जिताउन ज्यानको बाजी लगाउन समेत तयार छन ।
हालसालै फक्सन्यूजले सर्वेक्षण गरेको मतदानमा ट्रम्प ५३ % ,फ्लोरिडाका गभर्नर रन डिसानटिस १६ % ,भारतीय मूलका विवेक रामास्वामी ११ % ,माइक पेन्स ५ % ,भारतिय मुलकी निक्की हेली ४ % ,न्यू जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टी ३ % तथा सिनेटर टिम सक्टको केवल ३ % मा रहेका छन् ।
एसोसिएटेड प्रेस-एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चको नयाँ मतदान अनुसार लगभग दुई तिहाई रिपब्लिकन ६३ प्रतिशत अब उनीहरू पूर्व राष्ट्रपतिले पुन: चुनाव लड्न चाहेको बताएका छन् ।
यो अप्रिलमा ट्रम्पले आपराधिक आरोपहरूको शृंखलाको सामना गर्न थालेको ५५ प्रतिशत भन्दा थोरै माथि हो।
ट्रम्पले सन् २०१६ मा पनि चुनावी अभियानमा लोकप्रिय मत गुमाएका थिए तर निर्वाचकीय मतदान ( इलेक्टोरल कलेज)मा बहुमत हासिल गरेर मात्र राष्ट्रपति पद भएका ठुये । सन् २०२० मा डेमोक्र्याटका जो बाडेनसँग ७० लाख मतको अन्तरले हरेका छन् ।
प्रतिक्रिया