माधव नेपालले दक्षिणपन्थी सरकार बनाउन कम्युनिष्ट सरकार ढाले : अध्यक्ष ओली

इनेप्लिज २०८० साउन ३० गते ९:१२ मा प्रकाशित

काठमाडौं, नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् ।

मङ्गलबार पार्टीको स्कूल विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

वामपन्थी आन्दोलन सक्न प्रयासरत रहेको आरोप लगाउँदै ओलीले भने, “विचरा ! माधव नेपाल । दक्षिणपन्थी सरकार बनाउन उनले के-केचाहिँ गरेनन् । अदालत गएनन् कि रु के-के गरेनन् ? दक्षिणपन्थी सरकार बनाउन उनले कम्युनिष्ट सरकार ढाले ।”

उनले एमालेको वरिष्ठ नेता हुँदाहुँदै बढी आकांक्षी बनेर अर्को पार्टी खोलेको बताए । “वरिष्ठ नेता हुँदाहुँदै लुसुक्क हिँडेर कम्युनिष्ट सरकार ढाल्ने ? यहीँ वरिष्ठ नेता त थिए त,” उनले भने । उनले नेपाललाई यथास्थितिवादी भने ।

प्रतिक्रिया