पूर्व राजा ज्ञानेन्द्र शाहको जन्म दिनमा हिमानी ट्रष्ट न्यूयोर्क शाखाद्वारा एक दिने मानसिक स्वास्थ्य चेतनामूलक तालिम सम्पन्न

इनेप्लिज २०८० साउन ३० गते ०:५० मा प्रकाशित

पूर्व राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव को ७७ औ जन्म दिनमा हिमानी ट्रष्ट न्यूयोर्क शाखाले एक दिने मानसिक स्वास्थ्य चेतनामूलक तालिम सम्पन्न गरेको छ । गत अगस्त १२ शनिबारका दिन उक्त तालिमको आयोजना गरिएको थियो ।

शाखालेले न्यूयोर्कमा सक्रिय रुपमा बिभिन्न कार्यक्रम गर्दै आएको छ । एक दिने मानसिक स्वास्थ्य चेतना मूलक तालिम उत्साहजनक रुपमा सम्पन्न गरेको सहभागीहरुले बताए ।

हिमानी ट्रष्ट न्यूयोर्क शाखा र न्यूयोर्क शहरको स्वास्थ्य शाखासंगको समन्वयमा मानसिक स्वास्थ्य चेतना मूलक तालिमको आयोजना गरिएको हो । यो तालिम तीन चरणमा गरिने छ । तालिम पछि प्रमाण पत्र र श्रोत सामग्रीहरु समेत प्रदान गरिएको न्यूयोर्क शाखा अध्यक्ष डा शंकर बिशुङ्केले ईनेप्लिजलाई बताए ।

प्रतिक्रिया