अमेरिकाको नर्थ क्यारोलाइनामा बेपत्ता भएका ४ गोताखोरको सकुसल उद्धार

इनेप्लिज २०८० साउन २९ गते १६:५५ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाइनामा बेपत्ता भएका ४ गोताखोरको सकुसल उद्धार गरिएको छ ।

अमेरिकी तटरक्षक सुरक्षीकर्मीले बेपत्ता भएका ४ गोताखोरको उद्धार गरेको समाचार सिविएसले लेखेको छ ।

आइतवार बेपत्ता भएका चार गोताखोरलाई नर्थ क्यारोलाईनाको केप फियरको तटबाट करिब ५० माईल टाढा फेला पारिएको अमेरिकी तटरक्षक सुरक्षाकर्मीहरुले जनाएका छन ।

अमेरिकी तटरक्षक र अमेरिकी नौसेनाको टोलीले कम्तीमा आइतबार रातीदेखि गोताखोरहरूको खोजी गरिरहेको थियो। खोजी कार्य सोमबार बिहानसम्म जारी रहने उनीहरुले बताएका थिए ।

प्रतिक्रिया