अमेरिकामा नेपालको धार्मिक संस्कार १०८ बत्ती बालियो

इनेप्लिज २०८० साउन २९ गते १०:१५ मा प्रकाशित

ईनेप्लीज
१४ जुलाई २०२३

वाशिंगटन डिसी – अमेरिकामा बसोबास गर्ने नेपालीहरुले नेपालको सम्पूर्ण धार्मिक संस्कार अबलम्बन गरेर बसेका छन् ।
नेपालमा मनाईने सम्पूर्ण चाड पर्बहरु , शुभ बिबाह , न्वारन , भात खुलाई पास् नी , चुडाकर्म / छेवार , गुन्यु चोल्हो ,
काज किरिया , ” बरखी ” आदी ईत्यादी सम्पूर्ण नेपाली संस्कार अमेरिकाका नेपालीहरुले पालना गरेका छन् ।

यही संस्कार बमोजिम् , यही अगस्ट १२ तारिख शनिबारका दिन म्यारिल्याण्ड राज्यको कलेज पार्क शहरमा ” एक सय आठ १०८ बत्ती बाल्ने ” कार्यक्रम पनी सम्पन्न भयो । म्याग्दी जिल्ला रुम स्थायी घर भएका प्रोफेसर डा० बिरेन्द्र कुमार भट्टचन ( बिध्याबारिधी ) ले एक सय आठ १०८ बत्ती बालेर दिबंगत आफ्नो बुबाको एक बर्ष / पहिलो बर्ष को ” बरखी ” गरे ।

बुद्धिस्ट धर्म अनुसार मृतात्माको तस्बिर अगाडी लम्पसार परेर ढोग गर्ने ” छ्यापुल्जी ” पनी गरिएको थियो ।

एक सय आठ १०८ बत्ती बाल्ने र सबैले – सिधा ऊभिएर ढोग गर्दै – भुँईमा लम्पसार पर्दै ….……. सिधा ऊभिएर ढोग गर्दै – भुँईमा लम्पसार पर्दै ” छ्यापुल्जी ” गरेर दिबंगत मृतात्माको तस्बिरमा श्रद्धान्जली अर्पण गर्ने कार्यक्रम सकिएपछी –
बुद्धिस्ट धर्म अनुसार काज क्रियामा प्रयोग गरिने शब्द बिहानको खाना ” छो खाने ” कार्यक्रम आयोजना गरिएको थियो ।

म्यारिल्याण्डको जर्मन टाउन स्थित अमेरिकाकै पहिलो नेपाली मन्दिरमा नेपाली पुजारी पण्डित श्रीधर ज्ञवालीले संस्कृतमा पूजा पाठ त संधै नै गर्ने गरेका थिए तर यसरी बुद्धिस्ट धर्म अनुसार – सिधा ऊभिएर ढोग गर्दै – भुँईमा लम्पसार पर्दै ….……. सिधा ऊभिएर ढोग गर्दै – भुँईमा लम्पसार पर्दै ” छ्यापुल्जी ” गरेको चाहीं वाशिंगटन डिसीमा पहिलोचोटी देखियो ।

प्रो० डा० बिरेन्द्र कुमार भट्टचन , डा० बिबेक भट्टचन , डा० रितेश कार्की , डा० गाथा अधिकारी , ऒम तुलाचन , मनोज भट्टचन , ईसा भट्टचन , खेम भट्टचन लगायत परिवारका सदस्यहरु श्रद्धान्जली / बरखी कार्यक्रममा सहभागी थिए ।

प्रतिक्रिया